×

राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज निर्णय आउने सम्भावना

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज निर्णय आउने सम्भावना
काठमाण्डौ - प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठन भएको सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । बहस सकिएसँगै सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैमा आजका लागि पेसी तोकेको हो । संवैधानिक इजालसले सम्भवतः आजै फैसला गर्नेछ । आज नभ्याए अर्को दिनको लागि पेसी तोकिनेछ । संवैधानिक इजालसमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई हुनुहुन्छ। न्यायाधीशहरुबीच मतभेद नभए सर्वसम्मत र मत...

एमाले एकता कार्यदलले गर्‍यो १० बुँदे सहमति (सहमति पत्रसहित)

एमाले एकता कार्यदलले गर्‍यो १० बुँदे सहमति (सहमति पत्रसहित)
  नेकपा (एमाले) एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार १३ घण्टासम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको नेता भीम रावलले जानकारी दिए । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर गर्ने, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेका नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय क...

१६ करोड रुपैयाँकाे हिसाब नआएसम्म गण्डकीमा एमालेले सदन चल्न नदिने

१६ करोड रुपैयाँकाे हिसाब नआएसम्म गण्डकीमा एमालेले  सदन चल्न नदिने
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारले बजेटमा उल्लेख नभएका योजनामा गरेको रकमान्तरको विवरण सार्वजनिक गर्न आग्रह गरेको छ ।कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनेपछि गरिएको १६ करोड रुपैयाँ रकमान्तरको विवरण सार्वजनिक नभएसम्म संसद चल्न नदिने नेकपा एमालेका सचेतक मायानाथ अधिकारीले बताए । ‘मानौं त्यो रकमान्तरबारे हामीलाई थाहा नहुन सक्छ । सही ठाउँमा पनि प्रयोग गर्नुभा’को हुन सक्छ । १६ करोड हो कि २२ करोड रु’ अधिकारीले भने, ‘विवरण थाहा हुनुपर्‍यो । ठीक भएको छैन भने त छानवि...

राष्ट्रिय युवा संघ नेपालको कालिकामा सम्पर्क कार्यालय स्थापना

राष्ट्रिय युवा संघ नेपालको कालिकामा सम्पर्क कार्यालय स्थापना
चितवन  । राष्ट्रिय युवा संघ नेपालले कालिकामा आजदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । कालिका नगरपालिकाको वडा नं. ७ मा स्थापना गरिएको सम्पर्क कार्यालयको नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल(शैलेस) ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला सचिव खनालले नेकपा एमाले भित्र रहेका युवाहरु देश विकासको एउटा आधार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सचिव खनालले सबै युवा सदस्य नविकरण गर्ने अभियानमा जोडिन आग्रह गर्नुभयो । देशव्यापी रुपमा सदस्यहर...

आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने एमाले कार्यदलको दाबी

आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने एमाले कार्यदलको दाबी
काठमाण्डौ -नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुले आज एकता सम्बन्धी सहमति सार्वजनिक हुने दाबी गरेका छन् । आज बिहान ८ बजे बस्ने कार्यदलको बैठकले सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने उनीहरुको भनाइ छ । ‘विवाद समस्या समाधान गर्दै आज एमालेले आफ्ना आमकार्यकर्तालाई एकताको सन्देश दिँदैछ’, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्ण विष्टले भन्नुभयो– ‘दलभित्रको समस्या समाधान गर्ने बिन्दुमा पुगेका छौँ...

एमाले एकताको घोषणा भोलि बिहान ८ बजे, दिउँसो स्थायी कमिटी बैठक बस्ने

एमाले एकताको घोषणा भोलि बिहान ८ बजे, दिउँसो स्थायी कमिटी बैठक बस्ने
काठमाडौँ । नेकपा एमालेको विवाद मिलेको छ । केहीदिन अघि नै विवाद मिलेको भए पनि त्यसलाइ दस्तावेजीकरण गर्नका लागि केही दिन कार्यदलले काम गरेको हो । शनिबार भएको कार्यदलले विवादमाथि सहमति तयार गरेको छ । एमालेभित्रको लामो विवाद अन्त्यको घोषणा भोलि आइतबार बिहान ८ बजे हुनेभएको छ । एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भोलि बिहान ८ः०० बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गर्नुभयो । उहाँले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान ८ः०० सहमतिको दस्तावेज सार्वजन...

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेकाे पृथ्वीसुब्बाको आरोप

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेकाे पृथ्वीसुब्बाको आरोप
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् ।शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री गुरुङले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेको आरोपको खण्डन मात्र गरेनन्, सरकारमाथि नै भ्रष्टाचार सुरु गरेको आरोप लगाएका छन् । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको भन्दै उनले भने, ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । उहाँहरुले भ्रष्टाचा...

बाढीबाट क्षतिग्रस्त क्षेत्रकाे निरिक्षण गर्न प्रधानमन्त्री आज सिन्धुपाल्चोक जाँदै

बाढीबाट क्षतिग्रस्त क्षेत्रकाे निरिक्षण गर्न प्रधानमन्त्री आज सिन्धुपाल्चोक जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्नुहुने भएको छ । बाढीबाट क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जानुहुने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । प्रधानमन्त्री बिहान १० बजे सिन्धुपाल्चोक जानुहुने छ । प्रधानमन्त्री ओलीले मेलम्ची...