×

राजनीति

नेकपा एमाले कार्यदलको बैठक साँझ बस्दै

नेकपा एमाले कार्यदलको बैठक साँझ  बस्दै
काठमाडौं । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको बैठक बिहीबार बेलुकी सात बजे बस्ने गरी स्थगित गरिएको छ । बिहीबार दिउँसो अर्थ मन्त्रालयमा बसेको बैठकमा छलफल सकारात्मक भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए । छलफललाई निष्कर्षमा पुर्‍याउन थप तयारी आवश्यक भएको भन्दै उनले भने, ‘७ बजे हामी बस्छौं र भरसक आज यसलाई निष्कर्षमा पुर्‍याउने हाम्रो जोड हुन्छ ।’ कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले पनि छलफलमा प्रगति भएको बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकु...

एमाले अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता 

एमाले अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता 
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो । दुई नेताबीच काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता भएको छ । एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेटवार्ताको पहल भइरहेको थियो । तर नेता नेपालले भेटवार्ता अस्वीकार गरेका थिए । गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भए पनि सकारात्मक हुन सकेको थिएन । प्रधानमन्त्रीसमे...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुँदै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता हुन लागेको हो । केहीबेरमा भेट हुने स्रोतले बतायो

सर्वोच्चले संसद पुनर्स्थापना गर्छः प्रचण्ड

सर्वोच्चले संसद पुनर्स्थापना गर्छः प्रचण्ड
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन्।यसअघि पनि संसद विघटन हुँदा अदालतले नै संसद पुनर्स्थापना गरेको जिकिर गर्दै उनले फेरि पनि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने बताए। ‘यसअघि पनि संसद विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ’, माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधा...

सुजिता भण्डारी मृत्यु प्रकरण : आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

सुजिता भण्डारी मृत्यु  प्रकरण : आक्रोशित स्थानीयद्वारा  राजमार्ग अवरुद्ध
राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला स्थानीयहरुले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् । हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध खनिएका हुन् । अहिले राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

गण्डकीका मुख्यमन्त्री पोखरेल नवलपुर आउने कार्यक्रम स्थगित

गण्डकीका मुख्यमन्त्री पोखरेल नवलपुर आउने कार्यक्रम स्थगित
गैँडाकोट । नरायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नवलपुर आउने कार्यक्रम स्थगित भएको छ ।मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक गृहजिल्ला नवलपुर आउने कार्यक्रम तय भएको थियो । विहान १० वजेदेखि साँझ ७ वजेसम्म जिल्लाका विभिन्न स्थानमा मुख्यमन्त्री पोखरेलका भेटघाट तथा छलफलको कार्यसूचि रहेको थियो । मुख्यमन्त्रीका सहयोगी राजेन्द्र उपाध्यायले सडकको अवस्था विग्रेका कारण आजका लागि तय भएको मुख्यमन्त्रीको नवलपुर यात्रा र सबै कार्य...

आफ्ना नेता कार्यकर्ता १० दिनभित्र रिहा गर्न विप्लव समूहको माग

आफ्ना नेता कार्यकर्ता १० दिनभित्र रिहा गर्न विप्लव समूहको माग
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले आफ्ना कार्यकर्ताहरु १० दिनभित्र रिहा गर्न सरकारसँग माग गरेको छ ।आइतबार नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ताका क्रममा कार्यकर्ता रिहा गर्न माग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु बालुवाटार पुगेका थिए ।सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वक...

प्रधानन्यायाधीशको प्रश्न : अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नू भन्न मिल्छ?

प्रधानन्यायाधीशको प्रश्न : अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नू भन्न मिल्छ?
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गर्नुभएको छ । आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सभामुखका तर्फबाट बहस गर्ने अधिवक्ता मेघराज पोखरेललाई अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्ने हो कि हैन, संविधानको धारा ७६(५) ले ...

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव हुँदैन : वामदेव गौतम

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव हुँदैन : वामदेव गौतम
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँवानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् । आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओली तिर लागेको र त्य...