राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला स्थानीयहरुले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् ।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध खनिएका हुन् । अहिले राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

तपाईको प्रतिक्रिया