×

राजनीति

देउवा सरकारले गर्याे ११ देशका राजदूत नियुक्ति खारेज

देउवा सरकारले गर्याे ११ देशका राजदूत नियुक्ति खारेज
काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकमा गरेको राजदूत नियुक्ति खारेज गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्ति खारेज गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरिएकाले सरकारले खारेज गरेको हो । ‘संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषद्बाट गरिएका सबै निर्णय खारेज भएको हो,’ ती मन्त्रीले भने, ‘त्यसमा राजदूत नियुक्ति पनि एक हो ।’परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त भएक...

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
काठमान्डौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन्।आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ। यीमध्ये बजेट सम्बन्धी ३ अध्यादेश थिए। शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने नि...

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई भण्डाफोर गर्ने भएको छ। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकपछि बोल्दै सचेतक विशाल भट्टराईले उक्त फैसलाप्रति आपत्ति व्यक्त गरिएको बताए। उनले भने, ‘अहिले सम्मानित सर्वोच्च अदातलको तर्फबाट संविधानको धारा उपधाराहरुको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्णरुपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर, दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो। निर्दलीय व्यवस्थातर्फ मु...

देउवा सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

देउवा सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय
काठमाडौं । नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताको उपस्थिति शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। यस्तै नेकपा एमाले विवाद मिलाउनका लागि बनेको कार्यदल विघटन गर्ने निर्णयसमेत गरेको छ। पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय गरिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली...

बिनोद चौधरीको सकृयताले कांग्रेस राजनितिमा उत्साह

बिनोद चौधरीको सकृयताले कांग्रेस राजनितिमा उत्साह
नारायण शर्मा नवलपुर । नेपालका चर्चित उद्योगपति एवं सांसद विनोद चौधरीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिनेगरि कार्यकर्ता भेटघाट बढाएपछि कांग्रेसमा उत्साह जागेको छ ।यस पटकको महाधिबेशनमा नेपाली काग्रेस केन्द्रीय समितिको पधाधिकारी पदमा उम्मेदवारी दिने चौधरीको तयारी छ । चौधरीले पदाधिकारीमा जाने ईच्छा देखाउनुभएको छ चौधरी निकट स्राेत भन्छ कुन पदमा लड्ने भन्ने कुरा छलफलकै क्रममा छ त्यसका लागि पार्टीका केन्द्रका नेताहरु , जिल्लामा भेटघाट शुरु भएको छ । च...

ओली समूहलाई ‘काउन्टर’ दिन नेपाल समूहद्धारा अखिल फोर्स गठन

ओली समूहलाई ‘काउन्टर’ दिन  नेपाल समूहद्धारा अखिल फोर्स  गठन
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने । ओली पक्षले युथ फोर्स पुनर्ग...

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।विप्वल समूहले एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको वलीले ब...

बालुवाटार जग्गा प्रकरणमा ‘फरार’  विजय गच्छदार १० लाख धरौटीमा रिहा

बालुवाटार जग्गा प्रकरणमा ‘फरार’  विजय गच्छदार १० लाख धरौटीमा रिहा
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले  बताए । पटक-पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । आज बिहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए ।

बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन

बालकोट पुगेर ओलीले भने- माधव नेपालले एमालेविरुद्ध अपराध गरेका छन्, उनलाई पार्टीमा ठाउँ छैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताएका छन् । बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा स्थान नरहेको बताए । तर, उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताए । ओलीले माधव नेपालले एमालेव...