नारायण शर्मा
नवलपुर । नेपालका चर्चित उद्योगपति एवं सांसद विनोद चौधरीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिनेगरि कार्यकर्ता भेटघाट बढाएपछि कांग्रेसमा उत्साह जागेको छ ।यस पटकको महाधिबेशनमा नेपाली काग्रेस केन्द्रीय समितिको पधाधिकारी पदमा उम्मेदवारी दिने चौधरीको तयारी छ । चौधरीले पदाधिकारीमा जाने ईच्छा देखाउनुभएको छ चौधरी निकट स्राेत भन्छ कुन पदमा लड्ने भन्ने कुरा छलफलकै क्रममा छ त्यसका लागि पार्टीका केन्द्रका नेताहरु , जिल्लामा भेटघाट शुरु भएको छ । चौधरी चाडै देश ब्यापी दौडाहमा निस्कने भएका छन ।
पूर्वी नवलपरासीका मतदाता समेत रहेका चौधरीले आफनो गृह जिल्ला ( पूर्वी नवलपरासीं)वाट पार्टि राजनितिमा आउने इच्छा राखेर भेटघाट तिब्र पारेपछि जिल्लामा उत्साह देखिएको छ । चौधरीको सकृयताले राजनितिमा उत्साह जगाएको छ ।चौधरीले आफुले पार्टी सभापती शेरबहादुर देउवा र महामन्त्री डा शशांक कोईरालासंग छलफल गरेर सकृयता बढाएको बताएका छन । उनले सभापती र महामन्त्रीलाई सहमतीका साथ अघि बढ्न बारम्बार आग्रह गरेको बताए ।
नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका चौधरीले पछिल्लो समय राजनितिक सक्रियता बढाएका छन् । काग्रेस पदाधिकारीमा निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने हुन्छ । नवलपुरको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने चौधरीको तयारी छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने तयारी स्वरुप उनले नेता कार्यकर्ताहरु संग सम्पर्क बढाएका हुन ।
नेपाली काग्रेस नवलपुरका सभापति बिष्णु प्रसाद लामिछानेले चौधरीको सक्रियता बढ्नु् सकारात्मक कुरा भएको बताए । उनले चौधरीको सक्रियताले नवलपुर काँग्रेसमा हौसला बढेको भन्दै जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । लामिछानेले भने , “पार्टी महाधिवेशन लड्न पाउनु उहाको अधिकारको कुरा हो, कुन पदमा लड्ने कसरी जाने भन्ने बारेमा छलफल हुनु सकारात्मक र उत्साहजनक भएको बताए । नेपाली काग्रेस नवलपुर संघिय क्षेत्र नम्बर १ का सभापति द्रोणवन सन्यासीले चौधरी जस्तो अन्तराष्टिय उचाई भएका व्यक्ती जिल्लाबाट प्रतिनिधत्व गर्छु भन्ने घोषणाले जिल्लाको राजनितिमा उत्साह थपेको बताए ।
नेपाली काग्रेस नवलपुरका नेता एवं कावासोती नगरपालिकामा यस अघिको निर्वाचनमा मेयरका प्रत्यासी महेन्द्र पोखरेलले चौधरीको आवगमनलाई सकारात्मक रुपमा लिनु पर्ने बताए । उनले भने ,“ विनोद चौधरी जत्तिको मान्छे आउछु भन्दा नै कांग्रेसमा उत्साह जागेको बताउछन ।
नेपाली काग्रेस नवलपुरका नेता एवं मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले चौधरकिो सक्रियतालाइृ आफुले सकारात्मक रुपमा लिएको बताए । उनल भने,“ नेपाली काग्रेस एउटा छहारी हो , यो जो पनि आउन सक्छ , चौधरी आएर राजनितिक सक्रियता बढाउनुलाई सकारात्मक रुपमा हेर्नुपर्छ ।” अन्तराष्ट्रिय रुपमा ख्याती कमाएका व्यक्तीत्व आउनु काग्रेसको लागि सुखद् कुरा भएको उनले बताए ।
नेपाली काग्रेसको महाधिवेशन आउन दुइ महिना छ । काग्रेसमा केन्द्रीय समितिमा प्रतिनिधत्व गर्न तल्लो तहबाटनै निर्वाचित भएर जानु पर्ने व्यवस्था छ । चौधरी सांसद भएका कारण उनलाइृ वडाबाट निर्वाचित हुनुपर्देन तर महाधिवेशन प्रतिनिधिमा उनि निर्वाचित भएर नै जानु पर्ने छ । चौधरी यहाको देबचुली नगरपालिकाका मतदाता हुन ।चौधरीको सकृयताले जिल्लाको राजनितिमा उत्साह जगाएको छ ।पूर्वी नवलपरासीमा कांग्रेसका १६ हजार भन्दा बढि कृयाशिल सदस्य रहेका छन ।