काठमान्डौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।आइतबार अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन्।आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ। यीमध्ये बजेट सम्बन्धी ३ अध्यादेश थिए।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो।साथै आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक पनि बस्दैछ।बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षणसमेत भइसकेको छ।आइतबार बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक पनि बस्ने तयारी छ।