×

राजनीति

नेकपा माओवादी केन्द्र नवलपुर : वडा कमिटि पूर्नगठनमा व्यस्त

नेकपा माओवादी केन्द्र नवलपुर : वडा कमिटि पूर्नगठनमा व्यस्त
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) नवलपुरले जिल्लाका सबै स्थानीयतह हरुमा वडा कमिटि पूर्नगठन कार्यलाई तिव्र पारेको छ । साउन १८ गते बसेको पार्टि केन्द्रीय समितिको बैठकले देशभर साउन ३० गतेभित्र वडा कमिटि पूर्नगठन गर्ने निर्णय गरेअनुसार जिल्लामा पनि तल्लो तहको वडा कमिटि गठनलाई तिव्र पारिएको हो । केन्द्रीय समिति बैठकको निर्णयानुसार जिल्लाका सबै पालिकाहरुमा वडा कमिटि गठनको काम तिव्र पारिएको माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा ''विहानी'' ले जानकारी दिनुभय...

लुम्बिनीमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान

लुम्बिनीमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान
बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँस...

मलाई अख्तियारले फसायाे :विजयकुमार गच्छदार

मलाई अख्तियारले फसायाे :विजयकुमार गच्छदार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई फसाएको दाबी गरेका छन् । विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका गच्छदार बुधबार विश्व आदिवासी दिवसको अवसर आयोजित कार्यक्रममा वक्ता थिए । सम्बोधनका क्रममा गच्छदारले आफ्नो राजनीतिक इतिहास मेटाउन भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाए । आफूलाई तह लगाउने नाममा राज्यको एउटा अंगले सनकको भरमा मुद्दा चलाएको उनको दाबी छ ।उनले भने, ‘भौतिक पूर्वाधार...

जनबिरोधी कामको भण्डाफोर गर्ने घोषणासहित गुरु भट्टराईद्धारा राजीनमा

जनबिरोधी कामको भण्डाफोर गर्ने घोषणासहित गुरु भट्टराईद्धारा राजीनमा
काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारको जनबिरोधी कामको भण्डाफोर गर्ने घोषणासहित पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता सहयात्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालको दवावमा भट्टराईलाई प्रतिशोध साँधेर राजनीतिक स्पष्टिकरण सोधेपछि जवाफ नदिने घोषणा गर्नुभएका महाप्रबन्धक भट्टराईले ‘जनबिरोधी काम गर्दा पनि बोल्नै नपाउने’ देउवा सरकारको अधिनायकवादबिरु लडाई लडने भन्दै आज राजीनामा दिनु...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जाँदै गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । ...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै 

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै 
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका...

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ ।अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए । यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वै...

कांग्रेस कुहिरोकोे काग भयो, माओवादी बैशाखीको खोजीमा : खिमलाल भट्टराई

कांग्रेस कुहिरोकोे काग भयो, माओवादी बैशाखीको खोजीमा  : खिमलाल भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सत्तारुढ नेपाली कांग्रेसलाई कुहिराको काग भएको टिप्पणी गरेका छन् । साथै माओवादी केन्द्र बैशाखीको खोजीमा रहेको उनले टिप्पणी गरे ।मंगलबार राष्ट्रिय सभामा विशेष समयमा बोल्दै नेता भट्टराईले सत्तारुढ गठबन्धमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको विषयमा टिप्पणी गरेका हुन् । ‘कांग्रेस असाध्यै दयनीय स्थितिमा छ । सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ । विचारधाराको हिसावले कांग्रेस मृत्युप्राय भइसकेको छ । बिपी सँगसँगै उसको...

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाण्डौ । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ ।प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।यस्तै, राष्ट्रिय सभाको बैठकमा ‘रेल्वे विधेयक, २०७६ु सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ ।