गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) नवलपुरले जिल्लाका सबै स्थानीयतह हरुमा वडा कमिटि पूर्नगठन कार्यलाई तिव्र पारेको छ । साउन १८ गते बसेको पार्टि केन्द्रीय समितिको बैठकले देशभर साउन ३० गतेभित्र वडा कमिटि पूर्नगठन गर्ने निर्णय गरेअनुसार जिल्लामा पनि तल्लो तहको वडा कमिटि गठनलाई तिव्र पारिएको हो ।
केन्द्रीय समिति बैठकको निर्णयानुसार जिल्लाका सबै पालिकाहरुमा वडा कमिटि गठनको काम तिव्र पारिएको माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा ”विहानी” ले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका पालिकाहरुमा ५० प्रतिशतको हाराहारीमा वडाभेलाहरु सम्पन्न भएका छन् ।
गैँडाकोट नगरपालिकाको वडा नं. १ मा आज दुर्गा बहादुर पुनको अध्यक्षतमा वडा कमिटि पूर्नगठन गरिएको छ । वडा कमिटिको सचिवमा मनु कुमार मगर रहनु भएको छ । नगरपालिकाका १, ३, ८,१०, १३ मा वडा कमिटिको पूर्नगठन भैसकेको छ । बाँकि रहेका वडाहरुमा समेत केहि दिनमै भेला सम्पन्न गरि वडा कमिटिलाई सकृय बनाउने माओवादी केन्द्रले जनाएको छ । केन्द्रले यहि साउन ३० गतेभित्र वडा कमिटि पूर्नगठनको नामावली पठाउन भनेको छ ।