काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारको जनबिरोधी कामको भण्डाफोर गर्ने घोषणासहित पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता सहयात्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालको दवावमा भट्टराईलाई प्रतिशोध साँधेर राजनीतिक स्पष्टिकरण सोधेपछि जवाफ नदिने घोषणा गर्नुभएका महाप्रबन्धक भट्टराईले ‘जनबिरोधी काम गर्दा पनि बोल्नै नपाउने’ देउवा सरकारको अधिनायकवादबिरु लडाई लडने भन्दै आज राजीनामा दिनुभएको हो । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज राजीनामा पत्र बुझाउनु भएको छ ।

‘रेल संचालनका लागि गर्नुपर्ने पूर्वतयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ को खण्ड घ मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार, प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु,’ भट्टराईले राजीनामा पत्रमा लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया