×

राजनीति

अफगानिस्तानका नेपालीको उद्धार गर्न सरकार गम्भीर छ : देउवा

अफगानिस्तानका नेपालीको उद्धार गर्न सरकार गम्भीर छ : देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका छन् । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताएका हुन् । ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ सोमबार बि...

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुर्लभ एकसिंगे गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुर्लभ एकसिंगे गैंडा
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा तस्करले मारेका छन् । निकुञ्जको माडी बगई सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको हो । साउन ११ गते मृत गैंडा फेला परेको भए पनि हालसम्म गोप्य नै राखिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले खाग काटिएको अवस्थामा अन्दाजी २० वर्षको गैंडा मृत फेला परेको जानकारी दिनुभयो । बरालका अनुसार गैंडा हिलोमा गडेका कारण हड्डी मात्रै भेटिएको छ । कम्तीमा दुई महिना अघि गैंडा मरेको हुन सक्...

क्रियाशील सदस्यले गाउँ-नगरको कार्यसमिति चुन्ने व्यवस्था हटायो कांग्रेसले

क्रियाशील सदस्यले गाउँ-नगरको कार्यसमिति चुन्ने व्यवस्था हटायो कांग्रेसले
काठमाडौं । नेपाली कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाएको छ।विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै कांग्रेसले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो।पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ-नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प...

नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने

नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने
काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्त...

पार्टी एकताका लागि अन्तिम पर्खाईमा रहेका छौं : माधव नेपाल

पार्टी एकताका लागि अन्तिम पर्खाईमा रहेका छौं : माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान पनि राखे । शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने बताए ।निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी ए...

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि बैठक जारी छ । आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले  बताए । गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना छ । यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन । भदौ १६–१९ का लागि निर्धारित १४ औं ...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह संचालनार...

देउवाको निवास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन

देउवाको निवास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।१४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै सबल कांग्रेसका लागि हाम्रो अभियानमा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्।आज देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ। बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्।समयसीमाभित्रै महाधिवेशन सुन...

लुम्बिनीले आज मुख्यमन्त्री पाउँदै, आठ-आठ महिना नेतृत्व गर्ने गठबन्धनकाे सहमति

लुम्बिनीले आज मुख्यमन्त्री  पाउँदै, आठ-आठ महिना नेतृत्व गर्ने गठबन्धनकाे सहमति
काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ ।मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए । कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । कांग्रेस र माओवादीबीच आठ-आठ म...