×

राजनीति

नवलपुरमा प्रधानमन्त्रीकाे पुत्ला दहन,सरकार अन्धाे भएकाे युवासंघकाे आराेप

नवलपुरमा प्रधानमन्त्रीकाे पुत्ला दहन,सरकार अन्धाे भएकाे युवासंघकाे आराेप
कावासोती । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनविरोधी तथा लोकतन्त्र बिरोधी काम गर्दै गएको भन्दै बिरोधमा नवलपुरमा प्रदर्शन सहित पुत्ला दहन गरिएको छ । राष्ट्रिय युवा संघ नवलपुर ,अनेरास्ववियु नवलपुर , अनेम संघको आयोजनामा प्रदर्शन सहित प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । बिरोध कार्यक्रम कावासोती स्थित नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भई र्याली सहित पुष्पलाल चोकमा पुगेर कोण सभा परिणत भएको थियो । सो क्रममा भारतीय सुरक्षाकर्मीले तुईन काट्दा ज्यान गुमाएका जय सिंह...

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पूर्व प्रधानमन्त्री नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ता गरेको भोलिपल्ट तीन नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

पहिलो महिला मुख्यमन्त्री शाक्यद्वारा शपथ, दुई मन्त्री नियुक्त

पहिलो महिला मुख्यमन्त्री शाक्यद्वारा शपथ, दुई मन्त्री नियुक्त
काठमाण्डौ - नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।उहाँले हिजो अबेर वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको हो। मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले दुई मन्त्री पनि नियुक्त गर्नुभएको छ । कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री बन्नुभएको छ ।भूमि व्यवस्था, कृषि त...

माधव नेपालको सुरक्षा आकस्मिक रूपमा बढाइयो

माधव नेपालको सुरक्षा आकस्मिक रूपमा बढाइयो
काठमाडौं । आजै नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ।प्रहरी प्रधान कार्यालयले आकस्मिक रूपमा नेपालको सुरक्षामा एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी खटाएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेको उक्त टोलीले नेपालको अग्रपंक्तिको सुरक्षा गर्छ।‘सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हाल अस्थायी रूपमा उहाँको सुरक्षामा प्रहरी बढाइको हो, आजैदेखि टोली खटिएको छ,’ एक उच्च प्रहरी अधिका...

एमाले समाजवादी पार्टीका अध्यक्षमा माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल

एमाले समाजवादी पार्टीका अध्यक्षमा माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल
काठमाडौं - माधव कुमार नेपाल नेतृत्वको नेकपा एमाले ९५ जना केन्द्रीय सदस्यसहित समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। बुधबार नेकपा एमाले विभाजन गर्दै माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो। माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता राखिएको दलमा अरु सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।उनका अनुसार साविक नेकपा एमालेका ३१ सांसद नयाँ पार्टी एमाले समाजवादीमा रहेको उनले बताए।

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ । कारवाहीमा पर्ने सांसद यसप्रकार छन् । १। माधव नेपाल २। जीवनराम श्रेष्ठ ३। मुकुन्द न्यौपाने ४। रामकुमारी झाँक्री ५। कल्याणी खड्का ६। लक्ष्मीकुमारी चौधरी ७। निरादेवी जैरु ८। पुष्पाकुमारी कर्ण ९। सरला यादव १०। कलिला खातुन ११। विरोध खतिवडा १...

देउवा सरकारद्वारा राजनीतिक दल फुटाउन अध्यादेश जारी

देउवा सरकारद्वारा राजनीतिक दल फुटाउन अध्यादेश जारी
काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ । आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।

एमाले र जसपा फुटाउन सहज हुने गरि सरकारले अध्यादेश ल्याउँदै, पार्टी फुटाउने षड्यन्त्र क्षम्य हुँदैन : ओली

एमाले र जसपा फुटाउन सहज हुने गरि सरकारले अध्यादेश ल्याउँदै, पार्टी फुटाउने षड्यन्त्र क्षम्य हुँदैन : ओली
काठमाण्डौ - सरकारले नेकपा एमाले र जसपा फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको छ ।एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको नेता महन्थ ठाकुर पक्षले अहिलेको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढङ्गले अध्यादेश ल्याउन लागिएको बुझिएको छ । सरकारको सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश ल्याउने निश्चित भएको छ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार कुनै पनि दलको केन्द्रीय समिति र सङ्घीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्ट...

अध्यादेश आउन लागेपछि ओलीले थाले छलफल

अध्यादेश आउन लागेपछि ओलीले थाले छलफल
काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । संसद अधिवेशन आजै मध्यराति अन्त्य हुँदैछ । माधव नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना कांग्रेस नेताहरुबाटै पाएपछि ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्न लागेका हुन् । महासचिव ईश्वर पोखरेलसहित पार्टीका पदाधिकारी र स्थायी कमिटीका नेताहरु बालकोट पुगेका छन् । सरकारले अध्यादेश ...