राप्रपाको नयाँ नेतृत्वको चुनाव : कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ ।अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।
आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका छ । अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्य...


