काठमान्डौ । राप्रपाको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे बिजयी बनेका छन ।उनी सर्वाधिक मत ल्याएर विजयी भएका उनले २५२१ मत ल्याए ल्याए ।तर कमल थाप अध्यक्षमा पराजित भए पनि पार्टी भित्र थापापक्षको बर्चश्व देखिएको छ ।

भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् ।महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।

तपाईको प्रतिक्रिया