काठमान्डौ । आगामी पौष १ देखि ४ गतेसम्म कास्कीको पोखरामा हुने नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिशेनमा वर्ष २०२२ का लागि राष्ट्रिय अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका गोकुल सापकोटा सबैभन्दा बलियो देखिनुभएको छ ।

विगत लामोसयम देखि आन्तरिक छलफल र परामर्शमा ब्यस्त रहनुभएका जेसी सापकोटाले विगत ४ वर्षदेखि देशका सबैजसो जिल्लामा पुगेर आफ्नो सकृयतालाई कायम राखेको भन्दै वर्ष २०२२ को अध्यक्षमा जेसी सापकोटा नै बलियो देखिनुभएको हो ।

गैँडाकोट जेसीजका पूर्व अध्यक्ष समेत रहेका सापकोटा हाल नेपाल जेसीज वर्ष २०२१ का कानूनी सल्लाहकार हुनुहुन्छ भने नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।देशभर रहेका युवाहरुलाई उत्पादनसँग जोड्दै उद्मशिल बनाउनुपर्ने भन्दै जेसी सापकोटाले ४८ औं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरुले आफुलाई रोज्नेमा ढुक्क रहेको बताउनुभयो ।

जेसीज भनेको १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होइन । यो संस्थाको केन्द्रविन्दु व्यक्ति (मानिस) हो । सामान्य अवस्थामा जन्मने कोही पनि सक्षम वा असक्षम हुँदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रष्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ ।

जेसीजले आफ्ना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुको अन्तर्राष्ट्रिय प्रतिभालाई प्रस्फुटन गराइ तिनीहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाइ एक असल नागरिक बनाउने गर्दछ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । समष्टिगत रुपमा जेसीजले मानवीय विकासमा बढी जोड दिएको छ ।

तपाईको प्रतिक्रिया