काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधवार भृकुटीमण्डपमा सुरु भएको छ ।नेतृत्वका लागि चुनावी प्रक्रिया भने बिहीबार सुरु हुने राप्रपाले जनाएको छ ।

अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीले उद्घाटन गरेको कार्यक्रममा शीर्ष नेता लोकेन्द्रबहादुर चन्द, अध्यक्षका प्रत्याशी राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गरेका छन् ।राप्रपाको भावी अध्यक्षमा थापा र नेता लिङ्देनले दाबेदारी घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया