कांग्रेस महाधिवेशन :ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा
काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा तीन कम्युनिस्ट पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसको महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएको हो ।
नेकपा भङ्ग भएपछि एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीन दल बनेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनमा आबद्ध छन् । एमाले प्रमुख प्रतिपक्ष दलको भूमिकामा छ...


