×

मध्य नेपाल

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय
काठमाडौं । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।‘विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने’ पहिलो निर्णयमा भनिएको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा ८ वटै पार्टी एकमत रह...

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु

राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु
काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको हो । मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको आयोगले जनाएको छ । आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहिता २०७९ भदौ १...

आज तराई र मधेसका जिल्लाहरुमा होली मनाइँदै

आज तराई र मधेसका जिल्लाहरुमा होली मनाइँदै
काठमाडौं । तराई–मधेश क्षेत्रमा मङ्गलवार होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ । पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ। तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउन...

शीतल निवास छाड्ने तयारीमा राष्ट्रपति भण्डारी

शीतल निवास छाड्ने तयारीमा राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने भएकी छन् । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् । उनी बुढानीलकण्ठ नगरपालिका-२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।फागुन २५ मा निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने र नयाँ राष्ट्रपतिले शपथ लिएपछि शीतलनिवास आउन बाधा न...

बालबालिकालाई खुवाउन राष्ट्रसंघले नेपाल पठाएको चामल गुणस्तरहीन

बालबालिकालाई खुवाउन राष्ट्रसंघले नेपाल पठाएको चामल गुणस्तरहीन
काठमाडौं । बालबालिका दिवा खाजा कार्यक्रमका लागि संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य कार्यक्रम डब्लूएफपीले नेपाल ल्याएको चामल गुणस्तरहीन पुष्टि भएको छ ।डब्लूएफपीले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ र कर्णालीको हुम्ला जिल्लामा १–५ कक्षाका बालबालिकाका लागि दिवा खाजा कार्यक्रम चलाएको छ । यसका लागि ५४ हजार किलो चामल आएको छ । यसअघि दातृ निकायका वस्तुहरुको अनलाइन भन्सार स्वघोषणापछि परीक्षण विनै भन्सार जाँचपास हुने गरेको स्रोत बताउँछ । यसपटक भने अनुदानको खाद्यान्नमा कैफियत रहेको...

८ दलले आज काठमाडौँमा सांसदहरूलाई प्रशिक्षण दिने

८ दलले आज काठमाडौँमा सांसदहरूलाई प्रशिक्षण दिने
काठमाडौँ । नेपाली काँग्रेससहित ८ दलले आज काठमाडौँमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रशिक्षण कार्यक्रममा काँग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार...

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नबाट गोलो घेरा हटाइयो,अब घण्टीमात्रै हुने

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नबाट गोलो घेरा हटाइयो,अब घण्टीमात्रै हुने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि गरे । उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’ निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

सिंहदरवारभित्रको केन्द्रीय क्यान्टिनमा अखाद्य वस्तु, तीन लाख जरिवाना

सिंहदरवारभित्रको केन्द्रीय क्यान्टिनमा अखाद्य वस्तु, तीन लाख जरिवाना
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा खान अयोग्य वस्तु फेला परेको हो । विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनका क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागले जनाएको छ । यससँगै टोलीले त्यस्...

पल शाहको सुनुवाइ सकियो, आदेश लेख्दै न्यायाधीश

पल शाहको सुनुवाइ सकियो, आदेश लेख्दै न्यायाधीश
पोखरा । उच्च अदालत पोखरामा कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको हो ।आजै आदेश आउन सक्ने सम्भावना रहेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।