×

मध्य नेपाल

सांसद भण्डारीको स्वास्थ्यमा सुधार

सांसद भण्डारीको स्वास्थ्यमा सुधार
काठमाडौँ । मुम्बईको बर्न अस्पतालमा उपचारत सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको छ । नेकपा काँग्रेसका केन्द्रिय सदस्य अजय बाबु शिवाकोटीका अनुसार शनिवार १२ः १५ बाट भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ, फोक्सोले आफै काम गर्न थालेको छ। अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ र हातको जलेको भागले काम गर्न थालेकोले अप्रेसन गर्न नपर्ने भएको मुम्बईमा साथमा रहेका माधव न्यौपानेले सन्देश पठाएको शिवाकोटीले जानकारी ...

सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यकता छ : राष्ट्रपति

सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यकता छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औंल्याएकी छन् ।उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् । महाशिवरात्री पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्...

भोलि गण्डकी प्रदेशमा सार्वजनिक विदा

भोलि गण्डकी प्रदेशमा सार्वजनिक विदा
गैँडाकोट । गण्डकी प्रदेश सरकारले भोली फागुन ४ गते बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार सार्वजनिक विदा दिइएको हो । २०७८ चैत १८ गतेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिन लागिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको विदा प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ  । सो दिन प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने मन्त्रालयका सूचना अधिकारी खुबी राम पोख्रेलले जानकारी दिनुभयो ।

दैलेखमा श्रीमानले गरे श्रीमतीकाे हत्या !

दैलेखमा श्रीमानले गरे श्रीमतीकाे हत्या !
सुर्खेत । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् ।श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए । घरमा उहाँहरू दुईजना मात्रै बस्दै आउनुभएको रहेछ ।विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थ...

यातायात मजदुरको सार्वजनिक यातायात बन्द फिर्ता

यातायात मजदुरको सार्वजनिक यातायात बन्द फिर्ता
काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए ।

जलाधार संरक्षणका उपायहरु अवलम्वन गर्न गैँडाकाेटमा नारायणी नदी सम्मेलन सुरु

जलाधार संरक्षणका उपायहरु अवलम्वन गर्न गैँडाकाेटमा नारायणी नदी सम्मेलन सुरु
गैँडाकोट । गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरु∙ले मानवीय आचारणका कारण प्राकृतिक सम्पदामा असर परेको बताएका छन् ।सहमति संस्थाको आयोजनामा गैँडाकोटमा नारायणी जलाधार संरक्षणका लागि आयोजित नारायणी नदी सम्मेलनमा बोल्दै उनले मानव सिर्जित विविध कारण प्राकृतिक सम्पदामा असर परेको बताए । पानी जीवनका लागि अपरिहार्य रहेको बताउँदै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । मन्त्री गुरु∙ले नारायणी नदी सम्मेलनले प्रदेशको नीति बनाउन सघाउ पुग्ने विश्वास समेत व्य...

भरतपुरमा पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी समापन

भरतपुरमा पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी समापन
चितवन । भरतपुरमा जारी नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी अवलोकन गर्ने दर्शकहरुको उत्साहजनक भीडसहित सकिएको छ ।माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सुरु भएको कृषिसँगसम्बन्धी बृहत् पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी अवधिभर चितवन, नवलपुर, धादिङ, मकवानपुरलगायतका अवलोकनकर्ताहरुको भीड लागेको थियो । कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक श्रीजल ...

वर्ष २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाइने

वर्ष २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाइने
भरतपुर । भरतपुर महानगरपालिकाले वर्ष २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ । छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन् । पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए । पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन...

इमेज इन्स्टिच्यूटद्धारा सरस्वती माविका पाँच विध्यार्थीलाई पुर्ण छात्रवृति प्रदान

इमेज इन्स्टिच्यूटद्धारा सरस्वती माविका पाँच विध्यार्थीलाई पुर्ण छात्रवृति प्रदान
चितवन । नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले पश्चिम चितवनको एक सरकारी विद्यालयमा अध्यययन गर्ने पाँचजना विद्यार्थीहरुलाई एकवर्षको पुर्णछात्रवृति उपलव्ध गराएको छ ।भरतपुर महानगरपालिका वडा नं. २८ मा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालयको कक्षा ११ र १२ का पाँचजना छात्राहरुका लागि छात्रवृति उपलव्ध गराइएको हो । विद्यालय परिसरमा आज आयोजित एक कार्यक्रममा इमेज इन्स्टिच्यूटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी विद्यालयका छ...