×

मध्य नेपाल

आफ्नै नगरपालिकामा टेन्डर हाल्न पुगेका वडाअध्यक्ष लखेटिए

आफ्नै नगरपालिकामा टेन्डर हाल्न पुगेका वडाअध्यक्ष लखेटिए
तनहुँ । भिमाद नगरपालिकाले आव्हान गरेको निकासी शुल्क दस्तुर सम्बन्धी बोलपत्र पेश गर्न गएका सोही नगरपालिका(६ का वडाध्यक्ष श्यामसुन्दर जोशी लखेटिएका छन्। तर उनका छोरा विधान जोशी र अन्य भने कुटिएका छन्। नगरपालिकाले गत भदौ १६ गते प्रकाशित सूचनामा नगरपालिकाको क्षेत्रभित्र नदी जन्य सामाग्री गिटि, माटो, बालुवा दहत्तररबहत्तर र काठ दाउरा तथा कवाडी सामाग्री निकासी शुल्क दस्तुर संकलनका लागि बोलपत्र आव्हान गरेको थियो। बोलपत्र पेश गर्न असोज १५ गते दिउँसो १२ बजेसम्मको अन्तिम समय तोकिए...

मकवानपुरमा जीप दुर्घटना २ जनाको मृत्यु

मकवानपुरमा जीप दुर्घटना २ जनाको मृत्यु
मकवानपुर – मकवानपुरको भीमफेदीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । हेटौँडा–भीमफेदी–काठमाण्डौ छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ काे सिमखोलामा ना १ ज ४१०६ नम्बरकाे जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले बताउनुभयो । प्रहरीका अनुसार ज्यान गुमाउने दुवै जना पुरुष हुन् । दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको प्राथमिक स्व...

प्रचण्डका निजी सुरक्षा अधिकारी फेरिए

प्रचण्डका निजी सुरक्षा अधिकारी फेरिए
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा अधिकृत फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरेलाई दाहालको पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) का रुपमा खटाएको हो । यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी नरेशराज सुवेदीको रोल्पामा सरुवा भएपछि घिमिरेलाई खटाइएको हो । दाहालको सुरक्षामा हाल डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा ...

वृद्धभत्ता ५ हजार पुर्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

वृद्धभत्ता ५ हजार पुर्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकहरुले मासिक तीन हजारका दरले पाउँदै आएको वृद्धभत्ता यही सरकारले नै वृद्धि गरी पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रिय जेष्ठ नागरिक महासंघले आज काठमाडौंमा भर्चुअल रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालिन नेकपा एमालेको सरकारले जेष्ठ नागरिकको सम्मान स्वरुप वृद्धभत्ताको सुरुवात गरेको स्मरण गनुहुँदै अहिले उहाँले जेष्ठ नागरिकले पाउनुपर्...

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु
वीरगञ्ज ।  बाराको जितपुर सिमरा१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिनुभयाे । उहाँका अनुसार  तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना...

मकवानपुरका कोरोना संक्रमितको  चितवन मेडिकल कलेजमा मृत्यु 

मकवानपुरका कोरोना संक्रमितको  चितवन मेडिकल कलेजमा मृत्यु 
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको  शनिबार विहान १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयाे । श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो । योसंगै चितवनमा कोरोनाबाट मृत्यु हु...

प्रथम जोन मिटिङ गैँडाकोटमा सम्पन्न

प्रथम जोन मिटिङ गैँडाकोटमा सम्पन्न
गैँडाकोट । लायन्स क्लव अफ मौलाकालिका लिलिको आयोजनामा प्रथम जोन एडभाईजरी बैठक आज नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । लायन्स क्लव डिस्टीक डिपोटी कोर्डीनेटर कृष्ण पाण्डेको प्रमुख आतिथ्यता एव्मं २०२० २१ को जोन चियर पर्सन लिलिका चार्टड प्रेसीडेन्ट भोजकुमारी रिमालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि रिजन चेयर पर्सन नवराज कंडेल रहनु भएको थियो । बैठकमा लायन्स क्लव अफ मौलाकालिकाका प्रेसीडेन्ट गणेश केसी, लायन्स क्लव अफ मौलाकालिका लिलिका प्रेसीडेन्ट लक्ष्मी पोखरेल, मौला...

नवलपुरमा बाढी प्रभावित क्षेत्रको निरिक्षण

नवलपुरमा बाढी प्रभावित क्षेत्रको निरिक्षण
कावासोती। नवलपुरमा मगंलबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण नारायणी नदीले बाढी, डुबान र कटानको समस्या निम्त्याउने नारायणी नदीको निरीक्षण गरिएको छ। विहिबार गण्डकी प्रदेशका सांसद बिष्णु लामिछाने , मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर राना , वडाध्यक्ष नारायण पौडेल ,कोल्हुवा चौकीका प्रमुख भीम प्रसाद धितालहरुको टोलीले नारायणी नदीको निरीक्षण गरेका हुन्। पछिल्लो समयमा नारायणी नदीले विभिन्न स्थानमा कटान गरिरहेको क्षेत्रमा कटानस्थलमै पुगेर समस्या बुझ्ने काम प्रदेश सांसद लामि...

सहस्रधारामा पहिरो, पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध

सहस्रधारामा पहिरो, पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध
पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प...