×

मध्य नेपाल

सिराहाबाट ७ लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ

सिराहाबाट ७ लाख नक्कली नेपाली नोटसहित तीन जना पक्राउ
जनकपुरधाम । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका ६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका ७ का २४ वर्षीय विमलेन्द्र नायक छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको संंयुक्त टोलीले उनीहरुको...

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने
काठमाण्डौ – आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । विशेषगरी प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ ।...

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित
चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्...

प्रधानमन्त्रीको स्पष्टीकरण : सक्दिनँ भन्ने स्वघोषणा गरे संक्रमितको निःशुल्क उपचार ‘स्वच्छाले आफ्नै खर्चमा कोरोनाको उपचार गर्नु 

प्रधानमन्त्रीको स्पष्टीकरण : सक्दिनँ भन्ने स्वघोषणा गरे संक्रमितको निःशुल्क उपचार ‘स्वच्छाले आफ्नै खर्चमा कोरोनाको उपचार गर्नु 
७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन् । दसैंको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले कोभिड–१९ को काकाण दसैं विगतभन्दा फरक तरिकाले मनाउनु परेको बताए । मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुनसक्ने सम्भावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाक...

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा नं। ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १ः१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । उनमा उच्च रक्तचापको स...

रिब्दिकोट गाउँपालिकाकाद्वारा बजार अनुगमन

रिब्दिकोट गाउँपालिकाकाद्वारा बजार अनुगमन
पाल्पा । पल्पाको रिब्दिकोट गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट रिब्दीकोट गाउँपालिकाको वडा नम्बर ३ हार्थोक बजार र वडा नम्बर ७ बतासे बजार अनुगमन सम्पन्न भएको हो । अनुगमनको क्रममा पसलहरुले साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको,मुल्य सूची नराखेको पाइएको छ । बजारबाट म्याद नाघेका विभिन्न किसिमका खाध तथा अन्य उपभोग्य वस्तुहरु सरोकार वालाको रोहवरमा जलाई नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय  अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिनुभयो । अनुगम...

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल (अन्तर्वार्ता)

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल (अन्तर्वार्ता)
प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो लगाएको छ । प्रदेशको नामकरण र स्थायी राजधानी घोषणासँगै लुम्बिनी प्रदेशवासीले साझा पहिचान प्राप्त गरेका छन् । दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको राप्ती तटीय क्षेत्रको मैदानी भागलाई जोडेर देउखुरी उपत्यकालाई स्थायी राजधानी घोषणा गरिएको हो । प्रदेशका १२ जिल्लावासीको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरिएको सरका...

दशै घरमै मनाउन सरकारको आग्रह

दशै घरमै मनाउन सरकारको आग्रह
काठमाडौं- सरकारले दशैंमा गाँऊ जान र गाँउ बाट काठमाडौं आउने जस्ता कार्य नगर्न आम नेपालि लाइ आग्रह गरेको छ। असोज १७ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्रि प्रदिप ज्ञावली यस्तो आग्रह गरेका हुन। उनका अनुसार देशका अन्य भागमा कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेको तर काठमाडौं उपत्यकामा झन संक्रमणको दर बढ्दै गईरहेको छ। त्यसैले काठमाडौं बाट बाहिर जाँदा कोरोना पनि संगै बाहिर जाने र संक्रमणको दर झन बढ्न सक्ने भन्दै सरकारल...

प्रदेश ५ को राजधानी दाङको देउखुरी

प्रदेश ५ को राजधानी दाङको देउखुरी
  वुटवल । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन् । कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा नेकपाका ६१ सांसद छन् । प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए । यसैबीच प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव पनि प्रदेशसभाको दुई तिहाई...