×

मध्य नेपाल

सर्लाहीका उखु किसानहरुले आजदेखि काठमाण्डौमा आन्दोलन गर्ने

सर्लाहीका उखु किसानहरुले आजदेखि  काठमाण्डौमा आन्दोलन गर्ने
काठमाण्डौ - चिनी मिलहरुबाट भुक्तानी नपाएपछि ​सर्लाहीका उखु किसानहरु आन्दोलन गर्न काठमाण्डौ आइपुगेका छन् । उखुको भुक्तानी नपाएपछि बाध्य भएर काठमाण्डौ आउनु परेको सर्लाहीका किसान राकेश मिश्रले बताउनुभयो । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने आन्दोलनका लागि केही किसान काठमाण्डौ आइसकेका र केही आउँदै गरेका मिश्रले जानकारी दिनुभयो । गएको वर्ष पनि चिसो मौसमको सामना गर्दै माइतीघरमा धर्ना दिएका किसानहरुलाई सरकारले भुक्तानी दिलाउने सहमति गरेपछि फर्किएका थिए । तर सरकारले गरेको पा...

सुकुम्बासीका नाममा हुने राजनीतिको अन्त्य गरौं : मुख्यमन्त्री गुरुङ

सुकुम्बासीका नाममा हुने राजनीतिको अन्त्य गरौं : मुख्यमन्त्री गुरुङ
पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएका छन्।‘सरकारले दिने भनेपछि राजनीतिक खेल सुरू हुन्छ’, उनले भने, ‘दलहरूले लुट्न दिन्छन्, भोट हेरेर सुकुम्बासीलाई जग्गा दिने काम बन्द गर्नुपर्छ।’भूमिहीन सुकुम्बासीलाई जग्गा दिएर मात्र समस्याको समाधान नहुने उनले बताए। जसको जोत उसको पोत भन्ने नारा कम्युनिष्टले धेरै पहिलेदेखि उठाएको भन्दै उनले यो नारा सधैं रहिरहन नहुने बताए।‘भूमि आयोग सध...

२ लाख ७१ हजार मूल्य बराबरको अवैध कपडा बरामद

२ लाख ७१ हजार मूल्य बराबरको अवैध कपडा बरामद
गैँडाकोट । नवलपरासी( पश्चिम) प्रहरीले  २ लाख ७१ हजार २ सय मुल्य बराबरको अवैध कपडा भारतीय सिमावर्ती क्षेत्रबाट बरामद गरेको छ । बुधवार दिउसो १ः२० वजे भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको ३३ रोल कुर्ता सलवारको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय (पश्चिम) नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिनुभयो । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीलेपाल्हीनन्दन गाउंपालिका स्थित झरहीखोलाबाट बरामद गरेको लामाले बताउनु भयो । मोटरसाईकलमा राखि ल्याउँदै गर्दा प्र...

खनाल परिवारद्धारा निर्मित शित्तल पार्टी एवम् खानेपानी धाराको उद्घाटन

खनाल परिवारद्धारा निर्मित शित्तल पार्टी एवम् खानेपानी धाराको उद्घाटन
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.–४,हनुमानचोक बजार स्थित शित्तल पार्टी एवम् खानेपानी धाराको बुधवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । स्थानीय समाजसेवी रोमलाल खनालको पिता स्व. ईश्वरी प्रसाद खनाल एव. माता निमी खनालको स्मृतिमा छोरा बुहारी द्धारा निर्माण गरिएको शित्तल पार्टी एवम् खानेपानी धाराको एक समारोहका विच बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नवनिर्मित शितल पार्टी एव. खाने...

नवलपरासी प्रहरीद्धारा १० लाख बढीको अवैध मालसामान नियन्‍त्रणमा

नवलपरासी प्रहरीद्धारा १० लाख बढीको अवैध मालसामान नियन्‍त्रणमा
गैँडाकोट । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध तस्करीमा संलग्न पिकअप गाडी सहित अन्दाजी १० लाख ५१ हजार २ सय मुल्य बराबर अवैध मालसामान जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। मंगलबार दिउसो सवा १ वजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख १३ हजार २ सय मुल्य बराबरको ५२२ थान छालाको बेल्ट (पेटी) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलिले नियन्त्रणमा लिएको डिएसपी राजु लामाले उज्यालो खबरलाई बताउनुभयो । बरामद भएका सबै समानहरु आवश...

नवलपरासीमा नदीजन्य पदार्थ चोर्ने ९ वटा ट्याक्टर नियन्त्रणमा , भन्सार छली ल्याएको अवैध बरामद

नवलपरासीमा नदीजन्य पदार्थ चोर्ने ९ वटा ट्याक्टर नियन्त्रणमा , भन्सार छली ल्याएको अवैध बरामद
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले नदिजन्य पदार्थ  उत्खनन कार्यमा संलग्न ९ वटा ट्याक्टर र १ लाख ८० हजार ६ सय २० मुल्य बराबरको अवैध मालसामान नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धीत निकायमा बुझाएको छ । बर्दघाट नगरपालका वडा नं. ५ स्थित खजुरा खोलाबाट अवैध रुपमा उल्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा लु २ त ९८२० र लु ३ त ८६७२ नं. का २ वटा ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका दुवै ट्याक...

नारायणघाट बुटवल सडक अयोजनाका मजदुर र व्यवस्थापन पक्ष विच सहमति  (हेर्नुहोस सहमति पत्र)

नारायणघाट बुटवल सडक अयोजनाका मजदुर र व्यवस्थापन पक्ष विच सहमति  (हेर्नुहोस सहमति पत्र)
गैँडाकोट । नारायणगढ–बुटवल सडक खण्ड आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति जुटेपछि आन्दोलनरत मजदुर काममा फर्केका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा सहमति जुटेपछि आन्दोलनरत उनिहरु काममा फर्किएका हुन । बैठकमा मजदुरहरुका मागहरु एकसाता  भित्रमा सम्बोधन गर्ने सहमति भएको छ । न्युनतम डिउटी अवधी ८ घण्टाको हुने ८ घण्टा भन्दा वढि काम लगाएमा १.५ अर्थात डेढ गुणाका दरले प्रति घण्टा ओभर ट...

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ : मेयर शाक्य

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ : मेयर शाक्य
कास्की ।  काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना बनाउन पोखरा महानगरलाई सुझाव दिए। मेयर शाक्यको टोली सोमबार पोखरा महानगरको कार्यालयमा आएका थिए। उनीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले भने, ‘काठमाडौंको अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले व्यवस्थित बसोबासको एकिकृत बस्ती विकास गर्नुपर्छ, दुबै शहरको च...

एसओएस चितवनद्वारा विपन्न परिवारलाई ३५ लाख मूल्यको सामग्री सहयोग

एसओएस चितवनद्वारा विपन्न परिवारलाई ३५ लाख मूल्यको सामग्री सहयोग
चितवन । पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा विगत ४६ वर्षदेखि सक्रिय नेपालको सामाजिक संस्था एसओएस बालग्राम नेपाल चितवनले आइतबार भब्य कार्यक्रमबीच परिवार सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । सिमान्तकृत एवं विपन्न परिवार र तिनका बालबालिकालाई विभिन्न सहयोग प्रदान गर्दै बालग्रामले परिवार सबलीकरण कार्यक्रम मनाएको हो । कार्यक्रममार्फत सिमान्तकृत एवं विपन्न परिवारलाई ३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको बालग्रामका राष्ट्रिय निर्देशक भोला पौडे...