×

मध्य नेपाल

टिकटक बनाउन झुलेङ्गे पुलमा झुण्डिएका युवा खसेर गम्भीर घाइते

टिकटक बनाउन झुलेङ्गे पुलमा झुण्डिएका युवा खसेर गम्भीर घाइते
दाङ । टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन्।दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ। शनिबार साँझ सवा ६ ...

मकवानपुर मैदा मिलमा कार्यरत मजदुर आन्दोलनमा

मकवानपुर मैदा मिलमा कार्यरत मजदुर आन्दोलनमा
हेटौंडा । मकवानपुरको हेटौंडा–८ कमानेमा रहेको मकवानपुर मैदा मिलमा कार्यरत मजदुर तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित काममा रहेका मजदुर तथा कर्मचारीलाई सन्चालकले काममा नआउनू भनेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उद्योग स्थापनाताकाबाट काम गर्दै आएका मजदुर तथा कर्मचारीले खाइपाइ आएको सुबिधा पुस १ गतेदेखि दिन नसक्ने भन्दै उद्योग सञ्चालक रमेशराज कर्णिकारले काममा नआउन भनेको उनीहरुको भनाइ छ । कर्णिकार ओशो तपोवनका अध्यक्षसमेत हुन् । उनी काठमाडौंमा बस्दै आएका छन् । उनले ...

नवलपरासीको मदारबाबा क्षेत्रमा केवलकार सञ्चालन गरिने

नवलपरासीको मदारबाबा क्षेत्रमा केवलकार सञ्चालन गरिने
नवलपरासी । इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ ।नवलपरासी को सुस्ता गाउँपालिका–२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्रक्रिया थालेको हो । मदारबाबा थान पुग्न महलबारी बजारबाट पहाड र जङ्गल हुँदै करिब तीन घण्टाको उकालो चढ्नुपर्ने हुन्छ । व्यवस्थित सडक नहुँदा भक्तजन घण्टौँ जोखिमपूर्ण पैदलयात्रा गरेर समाधीस्थल पुग्ने गरेका छन् । महलबारीबाट...

तालबाराही मन्दिर खुलाः डुङ्गा चालक खुशी

तालबाराही मन्दिर खुलाः डुङ्गा चालक  खुशी
पोखरा।फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो । “लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ ”, उहाँले भन्नुभयो । उहाँले मन्दिर प्रवेशका लाग...

बढी शुल्क लिएपछि चितवन मेडिकल कलेजलाई १८ लाख र क्यान्सर अस्पताललाई ८ लाख धरौटी

बढी शुल्क लिएपछि चितवन मेडिकल कलेजलाई १८ लाख र क्यान्सर अस्पताललाई ८ लाख धरौटी
चितवन ।नेपाल सरकारले निर्धारण गरेको भन्दा बढी पिसिआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ। नेपाल सरकारले दुई हजार रुपैयाँ पिसिआर शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पतालविरुद्ध गुनासो दर्ता भएको थियो। प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्च...

कृषि सामग्री कम्पनीमा ९१ लाखको गहुँको बीउ बिक्री भएन

कृषि सामग्री कम्पनीमा ९१ लाखको गहुँको बीउ बिक्री भएन
हेटौंडा ।कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७÷०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ । पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिनुभयो । सो बिक्री...

लायन्स क्लव अफ भरतपुर उज्यालोद्धारा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ भरतपुर उज्यालोद्धारा रक्तदान कार्यक्रम सम्पन्न
चितवन । बढ्दै गएको रगतको अभावलाई न्यून गर्ने उदेश्यले लायन्स क्लव अफ भरतपुर उज्यालोले सोमबार भरतपुरको चौबिसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १२ जना महिला सहित ६४ जनाले रक्तदान गरेको जोन चियरपर्सन ऋतु गिरीले जानकारी दिनु भयो । लायन्स क्लबस् ईन्टरनेशनल ३२५ वी २ का डिस्ट्रिक भाईस गर्भनर लायन रामप्रसाद भट्टको प्रमुख आतिथ्यता एवम् एरिया नं.३ का एरिया चिफ लायन प्रभाकर पण्डीत र जोन चेयरपर्सन ऋतु गिरी विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममको अध्यक्षता लायन लक्ष...

पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुद‌‍ृढ बनाउँछ : गृहमन्त्री थापा

पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुद‌‍ृढ बनाउँछ : गृहमन्त्री थापा
भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ बनाउने बताउनु भएको छ । प्रेस संगठन चितवनले आज सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने बताउनुभयो । उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गर्दै भन्नुभयो “पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुधृढ भएर जान्छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य समेत रहनु भएका गृहमन्त्...

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषिका कार्यालय स्थापना गरिने

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषिका कार्यालय स्थापना गरिने
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गर्ने भएको छ । कृषि, पशुपालन तथा मत्स्यसम्बन्धी सेवा लिन सेवाग्राहीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने गरी कार्यालय स्थापना गर्न लागिएको बताइन्छ । हाल छ जिल्लामा कृषि ज्ञान केन्द्र र सात जिल्लामा मात्र विज्ञ केन्द्र छन् । नवलपुर, मनाङ र मुस्ताङ जिल्लामा भने दुवै कार्यालय छैनन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थाप...