वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त
जनकपुरधाम । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बन्यो । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन् ।
मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्यो ।
करिब राति ११ बजेसम्म समेत प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएनन् । ड्युटी खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदि...


