आर्थिक अभाबका कारण इन्जिनियर रमिता मृत्युसँग लड्दै
सुरेश रावल
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका ५ बस्ने २५ बर्षिय रमिता कुमारी रावल पैसाको अभाबमा मृत्यु सँग जुधिरहेकी छन् ।
पाठेघर र ठुलो आन्द्राको क्यान्सर बाट पिडित रमिताको उपचारमा आर्थिक अभाब भएको दाजु धिरेन्द्र बहादुर रावलले वताएका छन् ।
सिभिल इन्जिनियर पढदै गरेकी उनि ४ महिना देखी क्यान्सर रोग बाट ग्रसित रहेकि छन् । परिवारले जेनतेन गरेर नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार गराइरहेका भएपनि आर्थिकको निकै समस्या परेको छ । उनलाइ चेकजाँच तथा उपचारका लागि आफन्तले भार...


