×

मध्य नेपाल

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु
काठमाडौँ । करिब एक घण्टा अगाडि बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ ।बाराको सिडिओ नवराज सापकोटाका अनुसार घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यु भएको हो ।अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए । अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ । कल...

उच्च शिक्षा अध्ययन गर्न भन्दै हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

उच्च शिक्षा अध्ययन गर्न भन्दै हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश
काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् । नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२)उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । शाखा प्रमुख उपसचिव देवका ढकालका अनुसार चालु आर्थिक...

भ्रष्टाचारका अझै ठूला फाइल खुल्छन्,अब भूमाफिया र दलालका फाइल खोल्छुः प्रचण्ड

भ्रष्टाचारका अझै ठूला फाइल खुल्छन्,अब भूमाफिया र दलालका फाइल खोल्छुः प्रचण्ड
रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका अझै ठूला ठूला फाइल खोल्ने बताएका छन् । रुकुम पश्चिमको मग्मा पुगेका प्रधानमन्त्रीले सुशासन सरकारको पहिलो प्राथमिकता भएकाले भ्रष्टाचारको अन्त्यका लागि सरकार कटिबद्ध रहेको बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को वडा समिति बैठकमा भाग लिन मग्मा पुगेका हुन् । ‘तपाईंहरुलाई थाहा छ सरकारले मिटरब्याजीदेखि नक्कल...

आज २०८० साल कात्तिक ९ गते बिहीबार,यस्तो छ तपाईको राशिफल

आज २०८० साल कात्तिक ९ गते बिहीबार,यस्तो छ तपाईको राशिफल
चितवन ।आज २०८० साल कात्तिक ९ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। वृषः आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुनः रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कटः प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्न...

 छोराले नै आमामाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी

 छोराले नै आमामाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी
बारा। बारा जिल्लाको निजगढमा आफ्नै छोराले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाउँदै आमाले प्रहरीमा उजुरी दिएको घटना प्रकाशमा आएको छ ।बाराको निजगढ नगरपालिकामा ५६ वर्षीया महिलाले आफूमाथि आफ्नै छोराले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको घटना प्रकाशमा आएको हो। पीडित भनिएकी महिलाले आफ्ना ३६ वर्षीय छोराविरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएकी हुन् ।पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडित भनिएकी महिलाले आफूमाथि छोराले असोज २६ गते बलात्कार गर्ने...

वल्डलिङ्कले ल्यायो दशैँ लक्षित चाडपर्व अफर

वल्डलिङ्कले ल्यायो दशैँ लक्षित चाडपर्व अफर
काठमाडौँ–इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा विभिन्न अफर ल्याएको छ । वल्र्डलिंकले चाडपर्वको अवसरमा सामसङका उत्पादनमा छुट दिने अफर ल्याएको हो । यसअन्तर्गत वर्ल्डलिङ्कका नयाँ तथा पुराना ग्राहकले सामसङका विभिन्न उत्पादनमा साढे १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार सामसङको २३० लिटरको रेफ्रिजेरेटर, ५५ र ४४ इन्चको फोरके अल्ट्रा एचडी टेलिभिजन, फ्रन्ट लोडिङ वासिङ मसिन र सामसङ ए २४ एलटीई स्मार्टफोन (८र/२...

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेत जिम्मेवारी मुक्त

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुख बस्नेत जिम्मेवारी मुक्त
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ । नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताए ।‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घ...

गुल्मीका रमेश भण्डारी : जसले एक वर्षमा लोक सेवाका १० परीक्षा उत्तीर्ण गरे

गुल्मीका रमेश भण्डारी : जसले एक वर्षमा लोक सेवाका १० परीक्षा उत्तीर्ण गरे
गुल्मी । धुर्कोट गाउँपालिका-५ निवासी रमेश भण्डारीले लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् ।एकै वर्षमा भण्डारीले लोक सेवा आयोगले लिएका विभिन्न पदका १० परीक्षा उत्तीर्ण गरेका हुन् । उनले गण्डकी प्रदेश स्थानीय पाचौं तह (प्रशासनंलेखा), संघको नायब सुब्बा (प्रशासन समूह), संघ नायब सुब्बा (लेखा तथा लेखापरीक्षण समूह), कृषि विकास बैंकको पाचौ तह सहायक, गण्डकी प्रदेश चौथो तह, विद्युत प्राधिकरण पाचौं तह (लेखा समूह), नेपाल विद्युत प्राधिकरण चौथो तह उत्तीर्ण गरेका हुन ।यस्...

आज विश्व पर्यटन दिवस मनाइँदै

आज विश्व पर्यटन दिवस मनाइँदै
काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्य...