ठुलो संख्यामा सहसचिवको सरुवा गर्ने तयारी
काठमाडौ । सरकारले एकैसाथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा कम्तिमा ५५ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । त्यसैले सो सूचीमा हेरफेर र थपघटको सम्भावना छ ।
स्रोतका अनुसार सहसचिवहरुको सरुवा हुन...


