आजदेखि चितवन नारायणी महोत्सव सुरु हुँदै
चितवन । आजदेखि नारायणी नदी किनारमा चितवन नारायणी महोत्सव सुरु हुँदै छ । रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा मंसिर १६ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवको आज दिउँसो १२ बजे जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर महोत्सव आयोजना गरिएको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवलोकनक...


