×

मध्य नेपाल

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द

फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द
काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।

चितवनमा पेस्तोल देखाएर सुनचाँदी पसलमा लुटपाट

चितवनमा पेस्तोल देखाएर सुनचाँदी पसलमा लुटपाट
चितवन- चितवनमा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्लाको कालिका नगरपालिका–६ खोलेसिमलमा सुनचाँदी पसलमा आज साँझ लुटपाट भएको हो ।खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा राति ८: ४० वजे वजे हतियार सहित २ जनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको बताइएको छ । पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरील...

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार
बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको हो । गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको छ ।

सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार (असार ३ )  मा सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा)का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान ६ रनले पराजित

रोमाञ्चक खेलमा भारतसँग पाकिस्तान ६ रनले पराजित
काठमाडौं- आईसीसी टी–२० विश्वकपमा समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । टी–२० मा भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि थियो । पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भ...

कर्णाली नदीमाथि ७ घण्टा झुण्डिएका ९ वटा खच्चडको जीवितै उद्धार

कर्णाली नदीमाथि ७ घण्टा झुण्डिएका ९ वटा खच्चडको जीवितै उद्धार
  काठमाडौं । अछाम र दैलेख जोड्न कर्णाली नदीमाथि बनेको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चडको करिब ७ घण्टापछि जीवितै उद्धार गरिएको छ । २ वटा खच्चड भने मरेका छन् । उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकका अनुसार एउटा खच्चड पुलमै मृत फेला परेको थियो भने एउटा खच्चडको कर्णाली नदीमा बगेर मृत्यु भएको हो । मरेका दुईवटै खच्चड व्यवसायी जीवन रोका मगरका हुन् । १४ वर्षदेखि खच्चड व्यवसाय गर्दै आएका राजेन्द्र बोहराको ५ वटा खच्चडको उद्धार त भय...

अझै केही दिन तराईमा अत्यधिक गर्मीको सम्भावना, दिइयो तातो लहरको चेतावनी

अझै केही दिन तराईमा अत्यधिक गर्मीको सम्भावना, दिइयो तातो लहरको चेतावनी
काठमाडौं- अझै केही दिन तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, ती भूभागमा अबका तीन दिन (जेठ २६ देखि जेठ २८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । त्यसको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ । महाशाखाले यो वर्ष तातो दिन तथा तातो लहरसम्बन्धी शनिबार आठ...

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्

एसीले बिजुलीको पैसा ह्वात्तै बढायो ? यसो गर्नुहोस्
  काठमाडौं । गर्मी मौसमबाट बच्ने विभिन्न तरिका छन् । तीमध्ये एक हो, एयर कन्डिन्सनर (एसी) जडान गर्ने । तर बिजुलीबाट चल्ने एसीलाई नियमित चलाउँदा बिलमा रकम पनि त्यही अनुसारको उठ्ने गर्छ । तर केही सामान्य तरिका अपनाउँदा बिजुलीमा उठ्ने भारी रकमलाई कम गर्न सकिन्छ । १. ठिक्कको तापक्रम सेट गर्नुहोस् एसीलाई सबैभन्दा तल्लो तहमा चलाउँदा कोठा छिटो चिसिन्छ भन्ने विश्वास छ । तर सबै अवस्थामा यसले काम गर्दैन । र, यो तरिका शुल्कको नजरबाट त्यति उपयुक्त पनि हुँदैन । किनकि त्यो ताप...

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारी पीडितले देखाए कालोझण्डा

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारी पीडितले देखाए कालोझण्डा
पोखरा । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् ।आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री...