मतदाता नामावलीका विषयमा उत्पन्न विवादले नेपाल पत्रकार महासंघको चुनाव सर्ने
काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने भएको छ । जेठ २६ गते हुने भनिएको चुनाव मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण सर्ने भएको हो ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको महासंघका उपाध्यक्ष उदय जीएमले बताए । ‘केन्द्रीय समितिमा रहेका भूगोलका साथीहरुको विवाद समाधान नभएका कारण केही समयका लागि सार्ने हो कि भनी सुझाव दिनु भएको छ, आज पनि त्यस विषयमा छलफल गरी एउटा टुङ्गोमा पुगिन्छ’, उनले भने, ‘मतदाता नामावलीमा लगभग ...


