लमजुङमा पहिरोले पुरिँदा २ को मृत्यु, ३ जना बेपत्ता
पोखरा । लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बेसीशहर नगरपालिका–११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेका छन्।
चितिका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजाँदै गर्दा विकलको बाटोमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुख डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
यता, क्व्होलासोथार गाउँपालिका बगुमका रुद्रमानसहित ४ जना पहिरोले पुरिएर बेप...


