महामन्त्री ढकाल बैठक छाडेर हिँडेपछि रास्वपा बैठक केहीबेरका लागि स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएको छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि केहीबेरका लागि बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।ती नेताका अनुसार उनी प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ नदिएर निस्किएका छन् ।
महामन्त्री ढकालले आफू अन्यायमा परेको, सही तरिकाले पार्टी सञ्चालन नभएको, सभापति रवि लामिछानेको प्रवृत्ति ठिक नभएकोसहितका विषय उठाएका छन् ।उनले देश दौडाह गरेर तयार पारेको प्रतिवे...


