गैँडाकोट । नमुना माध्यामिक विद्यालय गैँडाकोटकी छात्रा स्वस्तीका खड्काले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा छात्रातर्फ जिल्लाकै सर्वाधिक जीपीए ल्याउन सफल भएकी छिन् ।
विहिबार सार्वजनिक भएको एसईईको नतिजा अनुसार विद्यालयकी छात्रा खड्काले ३.९६ जीपीए सहित जिल्ला प्रथम हुन सफल भएको नमुना माविले जनाएको छ । विद्यालयका प्राचार्य गोपेन्द्रकेसरी न्यौपानेका अनुसार स्वस्तीका सानैदेखि पढाईमा अब्बल छात्रा हुन् ।
यसैविच विद्यालयले कक्षा ११ का लागि भर्ना आह्वान गरेको छ । विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको हो । असार १८ गते विहान ८ वजे विद्यालयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागि प्रवेश परिक्षा सञ्चालन हुने विद्यालयले जनाएको छ ।