नम्बर नखुलेको सवारीको ठक्करबाट भरतपुरमा मोटरसाइकल चालकको मृत्यु
चितवन -चितवनको भरतपुरमा नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ प्रेमबस्ती बस्ने ५० वर्षका चण्डीप्रसाद अधिकारी रहेका छन् ।
अधिकारी सवार बागमती प्रदेश ०६-००३ प ६८३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा ज्यान गएको हो ।मृतक अधिकारी फेन्सी ब्यवसायी हुन् । भरतपुर १० स्याउली बजारमा रहेको जेनिसा फेन्सी उनैले संचालन गर्दै आएका थिए ।
गएराति ११ः५५ वजे भरतपुर ८ अशोकचोकमा भएको दुर्घटनामा परि ग...


