२ वर्ष पुग्न एक हप्ता अगाडि नै राजीनामा दिन्छु – प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे चिन्ता नगर्न सचिवहरुलाई आग्रह गरेका छन् ।कतिपयले यो सरकार पनि कति दिन हो र भनेर हल्ला फिँजाउन सक्ने भन्दै उनले भनेका छन्, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन ।’
मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर सरकार बनाएको बताए ।कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा २ वर्ष ओली प्रधानमन्त्री हुने र कांग्रेस सभापति शेरबहादुर ...


