×

चितवन । चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता भएका छन् ।माडी नगरपालिका वडा नं। २, सितलपुर निवासी बर्ष ३० का राजु परियार, बर्ष २८ का साजन परियार र बर्ष २५ का रमेश परियार घर नफर्की शनिवार बिहानदेखि बेपत्ता भएका हुन् ।

शनिवार बिहान करीब ८ः३० बजे घर नजिकैको गर्दी चुरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा माछा मार्नका लागि निक्लिएका उनीहरु चुरेको डाँडोमा पुगेको भन्दै बिहान करीब १० बजे घरपरिवारसंग फोन सम्पर्कमा आएका थिए ।

त्यसपछि सम्पर्कविहीन भएका उनीहरु रातभर र आज बिहानभर पनि घर नफर्किएका हुन् । उनीहरुको खोजीमा ६ जना शसस्त्र र ७ जना जनपद प्रहरीका साथै १६ जना स्थानीय गाउँलेहरुको टोली परिचालन भएको छ ।

स्वदेश एफएमबाट

तपाईको प्रतिक्रिया