देशका अधिकांश क्षेत्रमा एकैचोटी विद्युत अवरुद्ध
गैँडाकाेट । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।
‘प्रशारण लाइनको ब्याक अप नभएका कारण विद्युत अवरुद्ध भएको हो, विरा...


