गैँडाकोटमा सडक बन्द गरेर नागरिकले भने – बाटो अलपत्र पारेर ठेकेदार कता हरायो ?
गैँडाकोट । नारायणगढ–बुटवल सडक खण्डको काम सुस्त गतिमा भएको भन्दै विरोधमा नागरिकले गैँडाकोट लगायतका स्थानमा चक्काजाम गरेका छन् । एशियाली मापदण्डको राजमार्ग बनाउने गरी शिलान्यास भएको छ वर्षसम्म पनि सडकले पूर्णता नपाएका भन्दै नागरिकले सांकेतिक रुपमा सडक बन्द गरी विरोध जनाएका हुन् ।
‘बाटो अलपत्र पारेर ठेकेदार कता हरायो ?’ ‘बाटो कहिले बन्छ सरकार ?’ लगायतका प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए । गैँडाकोट नगरपालिकाको मुकुन्दपुर भेडाबारी चोकमा उनिहरुले १५ मिनेट चक्काजाम गरेका हुन् । ...


