×

नवलपुर विशेष

आज कुकुर पूजा र लक्ष्मी पूजा गरिंदै

आज कुकुर पूजा र लक्ष्मी पूजा गरिंदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी द...

प्रहरीको शैली अपनाउँदै गैँडाकोटमा नगर प्रहरीको दिक्षान्त समारोह

प्रहरीको शैली अपनाउँदै गैँडाकोटमा नगर प्रहरीको दिक्षान्त समारोह
गैँडाकोट । नेपाल प्रहरीको शैली अपनाउँदै गैँडाकोट नगरपालिकाले आफ्ना नगर प्रहरीलाई आधारभुत तालिम प्रदान गरेको छ । नगरपालिकाले ४ जना पुरुष र ४ जना महिला गरि ८ जना नगरप्रहरीलाई १५ दिने आधारभूत तालिम प्रदान गरेको हो । शनिवार गैँडाकोट नगरपालिका कार्यालय परिसरमा नगर प्रहरी सहायक निरीक्षक दिपक अधिकारी,नगरप्रहरी हवलदार प्रकाश बहादुर जिसी र नगर प्रहरी जवानहरु खेमानन्द शर्मा, निखिल पाण्डे, खेमकुमारी महतो, कविता थापा र सुस्मीता नेपालीलाई एक समारोहका विच दिक्षित गरिएको छ । दिक्षान्त...

अक्सफोर्ड सेकेन्डरी स्कूलका शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अध्ययनका लागि जापान जान पाउने

अक्सफोर्ड सेकेन्डरी स्कूलका शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अध्ययनका लागि जापान जान पाउने
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कूलका शिक्षक तथा विद्यार्थीहरु शैक्षिक अवलोकन तथा अध्ययनका लागि जापान जान पाउने भएका छन् । जापानको एभरेष्ट इन्टरनेशल स्कूल र अक्सफोर्ड सेकेन्डरी स्कूलविच शिक्षक तथा विद्यार्थीहरु आदानप्रदान गर्ने विषयमा समझदारी कायम भएसँगै शिक्षक तथा विद्यार्थीहरु जापान जान पाउने बाटो खुलेको हो । अक्सफोर्ड सेकेन्डरी स्कूलका प्राचार्य प्रोफेसर ई. हरि भण्डारी र एभरेष्ट इन्टरनेशल स्कूलका प्राचार्य बिष्णु भट्टले समझदारी पत्रमा...

अक्सफोर्ड कलेजले पायो -“बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३ ”

अक्सफोर्ड कलेजले पायो -“बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३ ”
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड ) कलेजले पुन : राष्टिय अवार्ड प्राप्त गरेको छ । जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहमा अक्सफोर्ड कलेजलाई “बेष्ट इन्जिनियरिङ कलेज अफ द इएर अवार्ड २०२३” बाट सम्मान गरिएको हो । कलेज रिर्डस नामक नेपालको अंग्रेजी मासिक पत्रिकाले अक्सफोर्ड कलेजलाई बेष्ट इन्जिनियरिङ कलेज अफ द इएरबाट सम्मान गरेको कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले जानकारी दिनुभयो ।कलेजको शैक्...

सोतीको नेपाली वास्तुको अनुसन्धानात्मक पुस्तक बिमोचन

सोतीको नेपाली वास्तुको अनुसन्धानात्मक पुस्तक बिमोचन
चितवन ।वास्तुविज्ञ इन्जिनियर लक्ष्मीप्रसाद सोतीले लेखेको नेपाली वास्तुको अनुसन्धानात्मक कृति विमोचन गरिएको छ । भारत र चीनको वास्तुभन्दा नेपालको वास्तु किन फरक छ भन्ने विषयमा सोतीले लेखेको पुस्तक एक समारोहका बीचमा सूचना तथा प्रविधि मन्त्री एवम् सरकारको प्रवक्ता रेखा शर्माले विमोचन गरेकी हुन् । नेपाल ज्योतिष परिषद्को दाङमा भएको २ दिने राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन एवम् रजत बर्ष विषेश कार्यक्रमका सोतीले लेखेको पुस्तक विमोचन गर्दै प्रमुख अतिथि मन्त्री शर्माले प...

पन्तले गरे प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग

पन्तले गरे प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग
चितवन । प्रेस चौतारी चितवनका सदस्य एवम् सामाजिक अभियन्ता सन्तोष पन्तले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई आर्थिक सहयोग गरेका छन् ।पन्तले भवनका लागि १५ हजार ५ सय ५५ रुपैयाँ जन्मदिनको अवसर पारेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्रण गरेका हुन् । गत बर्ष जन्मदिनको अवसर पारेर प्रेस चौतारी पत्रकार कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका पन्तले यस बर्ष भने भवन निर्माणका लागि सहयोग गरेको बताए । प्रेस चौतार...

मलामी गएका एक पुरुष नारायणी नदीमा डुबेर बेपत्ता

मलामी गएका एक पुरुष नारायणी नदीमा डुबेर बेपत्ता
गैँडाकोट । नवलपुरमा मलामी गएका एक पुरुष नारायणी नदीमा डुवेर बेपत्ता भएका छन् । कावासोती नगरपालिका वडा नं. ७ घर भएका ४० वर्षका खेम नारायण महतो नारायणी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आज दिउसो कावासोती नगरपालिका वडा नं. १३ भोसरघाट स्थित नारायणी नदीमा मलामी गएका महतो नदीमा डुवेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । नदीमा डुवेर बेपत्ता भएका महतोको अवस्था यो खबर तयार पार्दासम्म पत्ता लाग्न सकेको छैन ।

अक्सफोर्ड कलेजमा बुधबारदेखि खेलकुद सप्ताह सुरु

अक्सफोर्ड कलेजमा बुधबारदेखि खेलकुद सप्ताह सुरु
गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ म्यानेजमेन्टमा खेलकुद सप्ताह सुरु भएको छ । कलेजले इन्डोर र आउटडोर गरी दुई समूहमा खेलकुद प्रतियोगिता आयोजना गरेको कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले जानकारी दिनुभयो । कलेजमा इन्डोर खेलकुद अन्तर्गत टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, हाजिरीजवाफ, बुद्धिचाल लगायतका खेल तथा आउटडोर खेलकुद अन्तर्गत भलिबल, फुटबल, फुटसल तथा म्याराथुन प्रतियोगिता हुने पन्थीले बताउनुभयो । प्रतियोगिता अन्तर्गत छात्र र छात्राको फरक फर...

नवलपुरमा २७ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै

नवलपुरमा २७ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै
गोविन्द घिमिरे गैँडाकोट।नवलपरासी (पूर्व)का २६ हजार ९ सय १४ बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ ।६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या २६ हजार ९ सय १४ रहेको छ । यी सबै बालबालिकालाई भिटामिन ए खुवाईदै छ । उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मक...