×

नवलपुर विशेष

पशु चिकित्साको प्रवेश परिक्षामा नेपाल टप भएका दिवेशलाई अक्सफोर्ड कलेजमा सम्मान

पशु चिकित्साको प्रवेश परिक्षामा नेपाल टप भएका दिवेशलाई अक्सफोर्ड कलेजमा सम्मान
गैँडाकोट। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले लिएको पशुचिकित्सा स्नातक तहको प्रवेश परिक्षामा नेपाल टप भएका विद्यार्थी दिवेश प्रसाद पौडेललाई अक्सफोर्ड सेकेन्डरी स्कुल (अक्सफोर्ड कलेज) ले सम्मान गरेको छ ।कलेज परिसरमा आज आयोजित एक कार्यक्रममा कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले फुलमाला र अविर लगाएर दिवेशलाई सम्मान गर्नुभएको हो । पशुचिकित्सा शास्त्रको पाँचवर्षे कोर्षका लागि पौडेलले पूर्णछात्रवृति अन्तर्गत एक नम्बर नाम निकालेर कलेजको शिर उचो बनाएको भन्दै प्राचार्य...

अक्सफोर्ड कलेजमा हल्ट प्राइज कार्यक्रम

अक्सफोर्ड कलेजमा हल्ट प्राइज कार्यक्रम
गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ म्यानेजमेन्टले हल्ट प्राइज कार्यक्रम गरेको छ । विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा रहेको हल्ट प्राइजमा भाग लिन कलेजबाट सहभागी हुने विद्यार्थी छनौट गर्न कलेजले हल्ट प्राइज कार्यक्रमको आयोजना गरेको हो । आज आयोजित कार्यक्रममा सहभागी पाँचवटा समूहमध्ये कलेजको बिसिएमा अध्ययनरत विद्यार्थीको ‘मेटा अक्स’ समूह छनौट भएको छ । यस समूहले सेन्ट्रल एण्ड साउथ एसियामा सहभागिता जनाउन पाउनेछ । यस प्रतिस्पर्धाबाट विजेता हुने समूहले ग्लोब...

आदिवासी जनजाति महासंघ गैंडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा थापा चयन

आदिवासी जनजाति महासंघ गैंडाकोटमा नयाँ नेतृत्व, अध्यक्षमा थापा चयन
गैँडाकोट । नेपाल आदिवासि जनजाति महासंघ गैंडाकोट नगर समन्वय परिषद्ले नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल आदिवासि जनजाति महासंघ गैंडाकोट नगर समन्वय परिषद् को ५ औं साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ समिति चयन गरेको हो । जसको अध्यक्षमा नरबहादुर थापा मगर रहनुभएको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजकुमार महत्व, उपाध्यक्षमा रामचन्द्र भुजेल, सचिवमा धनबहादुर कुमाल र कोषाध्यक्षमा कृष्णमान श्रेष्ठ रहनुभएको छ ।

 चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली

 चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् ।शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए । तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’ नेपालमा रा...

नारायणी नदीमा डुबेर एक युवकको मृत्यु

नारायणी नदीमा डुबेर एक युवकको मृत्यु
गैँडाकोट । नाारायणी नदीमा माछा मार्न गएका एक युवकको नदीमा डुवेर ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ भगेरीथान होटल पछाडी नारायणी नदीमा माछा मार्ने क्रममा नदीमा डुवेर स्थानीय १८ वर्षका समिर परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । विहिवार साँझ ६ वजे नदीमा माछा मार्न गएर बेपत्ता भएका उनको शव आज विहान प्रहरीले नदीमा डुविरहेको अवस्थामा फेला पारेको थियो । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

आज हरि बोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै
काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका द...

डण्डामा ट्रक र कार ठोक्किँदा कार चालकको मृत्यु

डण्डामा ट्रक र कार ठोक्किँदा कार चालकको मृत्यु
गैँडाकोट । नवलपुरमा आज बिहान ट्रक र कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएकाछन् । जिल्लाको कावासोती नगरपालिका –१६, पत्थर खोला नजिक पूर्व पश्चिम राजमार्गमा लु २ ख ५८०५ नम्बरको ट्रक र लु ३ च १०२४ नम्बरको कार एक आपसमा ठोक्किँदा कार चालक रुपन्देही शिद्धार्थ नगरपालिका –८, का ५९ वर्षीय हरिसचन्द्रमान श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद...

गैडाकोटको हर्कपुरमा सवारी दुर्घटना हुँदा ३० वर्षिय युवकको मृत्यु

गैडाकोटको हर्कपुरमा सवारी दुर्घटना हुँदा ३० वर्षिय युवकको मृत्यु
गैडाकोट । हर्कपुरमा रहेको उन्नति कल्चरल भिलेज नजिकै सोमबार राती सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६२८४ नं।को ट्रक ट्रेलर पछाडी सोही दिशा बाट आएको बागमती प्रदेश ०३-००४प ७१६५ नं.को मोटरसाइकल ठक्कर खाँदा गम्भीर घाईते भएका अमरापुरीका मोटरसाइकल चालक ३० वर्षीय राजु क्षेत्रीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्रेलरको पछाडीको भागमा मोटरसाइकल ठोक्किएर टाउकोम...

नारायणी नदीमा मोटरबोट चढ्नेको भीड, कति लाग्छ शुल्क ?

नारायणी नदीमा मोटरबोट चढ्नेको भीड, कति लाग्छ शुल्क ?
चितवन । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । दसैं तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना निर्माण गरिएपछि यहाँ घुम्न आउने र मोटरबोट चढ्नेको संख्या बढेको भरतपुर महानगरपालिका–१ का वडा सदस्य मनोज घिमिरेले जानकारी दिए । उनले महानगरपालिकाले नदी किनार क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी ३२ वटा दर्ता भएर ...