×

गैँडाकोट । नाारायणी नदीमा माछा मार्न गएका एक युवकको नदीमा डुवेर ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ भगेरीथान होटल पछाडी नारायणी नदीमा माछा मार्ने क्रममा नदीमा डुवेर स्थानीय १८ वर्षका समिर परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
विहिवार साँझ ६ वजे नदीमा माछा मार्न गएर बेपत्ता भएका उनको शव आज विहान प्रहरीले नदीमा डुविरहेको अवस्थामा फेला पारेको थियो । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया