
गैँडाकोट । नवलपुरमा मलामी गएका एक पुरुष नारायणी नदीमा डुवेर बेपत्ता भएका छन् । कावासोती नगरपालिका वडा नं. ७ घर भएका ४० वर्षका खेम नारायण महतो नारायणी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आज दिउसो कावासोती नगरपालिका वडा नं. १३ भोसरघाट स्थित नारायणी नदीमा मलामी गएका महतो नदीमा डुवेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । नदीमा डुवेर बेपत्ता भएका महतोको अवस्था यो खबर तयार पार्दासम्म पत्ता लाग्न सकेको छैन ।