दसैँमा नवलपुर प्रहरी २४ सै घण्टा हाइअलर्टमा, ठाउँठाउँमा चेकिङदेखि सादा पोशाकमा गस्ती
कावासोती । नवलपुर प्रहरीले दशैँ, तिहार तथा छठ लगाएतका पर्वलाई लक्षित गर्दै चाडपर्व लक्षित सुरक्षा योजना तयार गरी गत असोज २० गते देखि कार्यान्यवनमा ल्याएको छ ।जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले चाडपर्व अवधिभर ३२४ जना प्रहरी परिचालन गर्ने जनाएको छ ।
चाडपर्वको अवधी भर सवारी दुर्घटना, ट्राफिक नियमको उल्लघन, अवैध सामाग्री, लागुऔषध, अवैध घरेलु मदिरा, पटका ओसार पसार लगायतका गतिविधि रोक्न राजमार्ग एवम् सीमानाका लगाएतका जिल्लाका १६ स्थानमा प्रहरी चेक...


