वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २४ औं वार्षिकोत्सव मनाउँदै
चितवन । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो स्थापना दिवस मनाउँदै छ । असोज १० गते विभिन्न कार्यक्रमको आयोजना गरी १९ औं क्यान्सर सतर्कता दिवस तथा २४ औं वार्षिकोत्सव मनाउन लागेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार असोज १० गते बिहान ६ बजे भरतपुरको चौबीसकोठीदेखि क्यान्सर अस्पतालसम्म म्याराथोन दौड आयोजना गरिएको छ । बिहान ११ बजेदेखि अस्पतालको सभाहलमा विशेष कार्यक्रम हुनेछ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, ...


