×

देवचुली ।नवलपुर विद्युत व्यवसायी संघले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको रूपान्तरण दिवसको उपलक्ष्यमा संघले उज्यालो नेपाल बिजुली पसल दलदलेको सहयोगमा सो कार्यक्रम आयोजना गर्न लागेको जिल्ला अध्यक्ष सुजन अधिकारीले जानकारी दिएका छन् ।भदौ ३० गते शनिबार दलदले बजार एनआइसीएसिया बैंक अगाडि हुने कार्यक्रम बिहान ७:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म सञ्चालन हुने संघले जनाएको छ ।

जिल्ला संघका सदस्य र स्थानीयको सहभागिता हुने रक्तदान कार्यक्रम जिल्लामा पहिलोपटक गर्न लागिएको संघका सचिव दीपक सुवेदीले जानकारी दिएका छन् । १०० भन्दा बढी युनिट रगत संकलन हुने लक्ष्य लिइएको र महासंघ प्रतिनिधि, जिल्ला संघ सदस्य, साथै जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गर्ने तयारी भएको नेपाल विद्युतीय व्यवसायी संघ गण्डकी प्रदेशका सदस्य कृष्ण गैरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया