×

गैंडाकोट। गैंडाकोट नगरपालिका भित्रका सामाजिक र नेपाली विषय शिक्षकहरुको जनक नमुना माध्यमिक विद्यालयमा आज शुक्रबार सम्पन्न भेलाले विषयगत समितिहरु गठन गरेको छ । नेपाली विषयको विषयगत समितिको संयोजकमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक तिलक बहादुर बटाला,सदस्यहरुमा लिला ढुङ्गाना,रञ्जिता आचार्य,रिता न्यौपाने,एकनिधी सिग्देल,दिलमाया श्रेष्ठ र सुष्मा घिमिरे चयन हुनुभएको छ ।

सामाजिक विषयको विषयगत समितिको संयोजकमा लक्ष्मी माध्यमिक विद्यालयका सामाजिक शिक्षक टिकाराम सुवेदी,सदस्यहरुमा जगन्नाथ उपाध्याय,बलराम रानाभाट,डिल्लीराज आचार्य ,कृष्णप्रसाद खरेल,जानुका शर्मा लम्साल, र दयाराम पौडेल चयन हुनुभएको छ ।
नगर शिक्षा अधिकारीको संयोजकत्वमा रहने नगर स्तरीय विषयगत परिचालन समितिमा सामाजिक विषयबाट टिकाराम सुवेदी र जगन्नाथ उपाध्याय, नेपाली विषयबाट तिलक बहादुर बटाला र लिला ढुङ्गाना चयन हुनुभएको छ ।

विषयगत समितिको संयोजकमा बरिष्ठतम शिक्षक र सदस्यमा माध्यमिक तहबाट तीन जना र आधारभूत तहबाट तीन जना शिक्षक गरी सात जनाको विषयगत समिति रहने व्यवस्था रहेकोछ ।नगर शिक्षा शाखा प्रमुख डा.बालकृष्ण चापागाईंको अध्यक्षता सम्पन्न सो भेलामा नगर शिक्षा समिति सदस्य जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामाणि कंडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया