जनतालाई निराश बनाए पाप लाग्छ : रास्वपा सांसद हरी ढकाल
गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सासंद हरि ढकालले जनतालाई निराश बनाएमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाप लाग्ने बताउनुभएको छ । गैँडाकोटमा भएको वडा स्तरीय शपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको सपना सकार पार्ने गरी काम गर्ने समय आएको बताउनुभएको छ । ईतिहासमै पहिलो पटक नागरिक यति धेरै निराश भएको बताउँदै देशको बेथिति अन्त्य गर्न अब रास्वपाले काम गर्ने बताउनुभएको छ ।
गैँडाकोट नगरपालिका भित्र रहेका हरेक वडाको समस्या पहिचान र त्यसलाई समाधा...


