×

नवलपुर विशेष

अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा पौडेल

अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा  पौडेल
नवलपुर । अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।कावासोतीमा सम्पन्न नवौँ सम्मेलनले कोपिला पौडेलको नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । उपाध्यक्षमा सरस्वती सिग्देल उपाध्याय र यममाया दर्लामी चयन हुनुभएको छ।सचिवमा बालु गिरी सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा कलादेवी दहाल चयन हुनुभएको हो । सह सचिवमा गिता भण्डारी चयन हुनुभएको छ। सम्मेलनले ४७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । ४ जना पछि मनोनित गरिनेछ ।

भरतपुरको केन्द्रीय बस टर्मिनललाई १० करोड बढी खर्च गरेर नमुना बनाउँछौं :रेनु दाहाल

भरतपुरको केन्द्रीय बस टर्मिनललाई १० करोड बढी खर्च गरेर नमुना बनाउँछौं :रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनललाई नमुना बस पार्कको रुपमा विकास गरिने बताएकी छन् ।भरतपुर –९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै मेयर दाहालले नमुना बनाउन अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको बताएकी हुन् । बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भइरहेको मेयर दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट १० करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस ...

Gaindakot English School categorized A in Gaindakot Municiplaity

Gaindakot English School categorized A in Gaindakot Municiplaity
Gaindakot. Gaindakot English School in East Nawalparasi has become the best school in Gaindakot municipality. Gaindakot English School has been placed in the "A" category according to the classification based on the evaluation of 20 institutional schools conducted by the Education Section of the Gaindakot Municipality. According to Dr. Balkrishna Chapagain, the Head of Education, Youth and Sports Section of Gaindakot Municipality, Gaindakot English School has proved itself...

गैँडाकोट इङ्गलिस स्कुललाई “क” श्रेणीको मान्यता प्रदान (अन्य स्कुलको अवस्था के ?)

गैँडाकोट इङ्गलिस स्कुललाई “क” श्रेणीको मान्यता प्रदान (अन्य स्कुलको अवस्था के ?)
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट इङ्गलिस स्कुल नगरकै अब्बल विद्यालय बनेको छ । गैँडाकोट नगरपालिका शिक्षा शाखाले गरेको नगरभित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्गलिस स्कुल “क” श्रेणीमा पर्न सफल भएको हो । गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डा. बालकृष्ण चापागाइका अनुसार नगरका २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा गैँडाकोट इङ्गलिस स्कुलले “क” श्रेणीमा पार्दै आफुलाई अब...

नवलपुरका ४५ तेक्वान्दो खेलाडीले ११ औं अन्तर्राष्ट्रिय कोरियन एम्बेसडरमा भाग लिने

नवलपुरका ४५ तेक्वान्दो खेलाडीले ११ औं अन्तर्राष्ट्रिय कोरियन एम्बेसडरमा भाग लिने
गैँडाकोट । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघले भदौ २७ देखि ३१ गते सम्म ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना गर्दै छ । सो प्रतियोगिताको लागि नवलपुरबाट विभिन्न तौल समुहका ४५ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष भूमिश्वर भूसाल (राजु) ले जानकारी दिनुभयो । प्रतियोगिता सातदोबाटो स्थित संघको आफ्नै हलमा हुनेछ । अध्यक्ष भूसालका अनुसार नवलपुरको कावासोती तेक्वान्दो डोजाङबाट १७ ज...

बर्दघाटमा बृद्धले किन आत्महत्या गरे ?

बर्दघाटमा बृद्धले किन आत्महत्या गरे ?
गैँडाकोट । नवलपरासी (पश्चिम) को बर्दघाटमा एक बृद्धले आत्महत्या गरेका छन् । बर्दघाट नगरपालिका वडा नं. १६ शितलनगर घर भएका ६६ वर्षका गोरे गिरीले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।जिल्ला प्रहरी नवलपरासीका अनुसार गिरीले आफ्नै घरको काठको बलोमा नाइलनको डोरीले पासो लगाइ आत्महत्या गरेका हुन् । आज विहान पौने १२ वजे गिरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमती सहित बस्दै आएका उनका एउछा छोरा गाउँममा अलग्गै बस्ने गरेको र अर्का एक छोरा रोजगारीको शिलशिलामा देश बाहिर रहेको बुझिएको छ ...

गैँडाकोटको बसेनी गाउँः पहिले पाखो बारी, अहिले सुन्तला घारी

गैँडाकोटको बसेनी गाउँः पहिले पाखो बारी, अहिले सुन्तला घारी
मध्यविन्दु । सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तलाको बगैँचाले हरियाली मात्रै भएको छैन, भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयारसमेत हुँदैछ । चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदै छ । टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उ...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले गर्दा देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा ...

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता
गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । प्रत्यक्षदर्शी गैँडाकोट एकका बिपना थापाका अनुसार आज साँझ ७ :३० वजे नदीमाथीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका हुन् ।सेतो टिर्सट लगाएका उनि नदीमा हाम फालेको थापाले उज्यालो खबरलाई जानकारी दिइन् । बेपत्ता भएका पुरुषको बारेमा हालसम्म कुनै पहिचान हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटले एक पुरुष नदीमा हाम फालेको सूचना प्राप्त भएको बताएको छ । प्रहरी निरीक्षक रिता पौडेलले भनि...