×

नवलपुर विशेष

नवलपुरको बुलिङटारमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

नवलपुरको बुलिङटारमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते
गैँडाकोट । नवलपुरको बुलिङटारमा ट्याक्टरले च्यापेर एकजनाको मृत्यु भएको छ । रड बोकेर बुलिङटार तर्फ जादै गरेको लु ४ त २३१३ नं.को ट्याक्टर पालिकाको मोजडाँडा नजिकै अनियन्त्रीत भई पल्टदा सोहि ट्याक्टरमा सवार बुलिङटार बस्ने बर्ष–३५ बर्षका चन्द्र बहादुर दर्लामीको घटनास्थलमै मृत्यु भएको हो । अपरान्ह साढे ४ वजे भएको दुर्घटनामा परि ट्याक्टर चालक बुलिङटार गाउँपालिका वडा नं. ३ का २१ बर्षका धन बहादुर थापा र सोहि ट्याक्टरमा सवार धन बहादुर नेपाली र मिन बहादु सार्की घाइते भएको नवलपुर प्रहर...

खैरहनीमा मेलमिलापकर्ताको नगरपरिषद सम्पन्न

खैरहनीमा मेलमिलापकर्ताको नगरपरिषद सम्पन्न
चितवन ।  खैरहनी नगरपालिकामा मेलमिलापकर्ताहरुको १ दिवसीय नगरपरिषद भेला एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगर परिषद भेलालाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले सबै मेलमिलापकर्ताहरु नगरमा दिगो शान्ती, न्याय र मेलमिलाप स्थापनाका लागि एकढिक्का भई निस्वार्थ र इमान्दारिताका साथ लाग्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक असमानताको अन्य गर्दै दिगो शान्तीको सूनिश्चितताको लागी मेलमिलापकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै ...

आगोले जलेर गैँडाकोटमा ८० वर्षिया वृद्धा गम्भिर घाइते

आगोले जलेर गैँडाकोटमा ८० वर्षिया वृद्धा गम्भिर घाइते
गैँडाकोट । आगो ताप्ने क्रममा गैँडाकोटमा एक वृद्धा गम्भिर घाइते भएकी छिन् । गैँडाकोट नगरपालिका वडा नम्बर २ श्रीनगर टोल बस्ने ८० वर्षीया गंगादेबी पौडेल घाइते भएको प्रहरीले जनाएको छ । बिहान करिब ९ बजे आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्कन जाँदा उनि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वृद्धाको बाँया हात खुट्टा र कोखमा गरी ३० प्रतिशत जलेको र भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए
नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए”, उनले भने, “गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन् ।” पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्...

काठमान्डौ जान आउदै गरेको नाइटबस देवचुलीमा दुर्घटना

काठमान्डौ जान आउदै गरेको नाइटबस देवचुलीमा दुर्घटना
गैँडाकोट । नेपालगञ्जबाट काठमान्डौ जान आउदै गरेको नाइटबस नवलपुरको देवचुलीमा आज विहान ५ वजे दुर्घटनाहुँदा ४ यात्रु घाइते भएका छन् ।४० जना यात्रु बोकेर आउदै गरेको भे १ ख ४१२८ नम्बरको बस देवचुलीको अस्थायी प्रहरीपोष्ट दलदले नजिकै राजमार्गमा पल्टदा ४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइते हुनेहरुमा जलेश्वर नगरपालिका वडा नं. १ घर भएका शनि पाण्डे, विदुर नगरपालिका वडा नं. ३ की कृतिका शाही, जुम्ला घर भएकी २३ बर्षिया अनिता नेपाली र बारबर्दिया नगरपालिका वडा...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
  काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नया...

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ।जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताए। ‘यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्,’ उनले भने।गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि...

औषधी व्यवसायी संघ नवलपुरमा नयाँ नेतृत्व, अध्यक्षमा कंडेल

औषधी व्यवसायी संघ नवलपुरमा नयाँ नेतृत्व, अध्यक्षमा कंडेल
नवलपुर । नेपाल औषधी व्यवासायी संघ नवलपुरको दोस्रो साधारणसभा तथा अधिवेशनले विष्णु कंडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।सदरमुकाम कावासोतीमा भएको अधिवेशनले कंडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमतिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण शर्मा (पौडेल) उपाध्यक्ष (थोक) सूर्यप्रसाद सुवेदी, उपाध्यक्ष (खुद्रा) ओम बहादुर महताो, महासचिवमा ईश्वरी प्रसाद घिमिरे , सचिवमा जिवन पौडेल, कोषाध्यक्षमा पशुपति भूषाल (राजु) र उपकोषाध्यक्षमा...

पारिजात टोल विकास संस्था गैँडाकोट ५ मा नयाँ नेतृत्व

पारिजात टोल विकास संस्था गैँडाकोट ५ मा नयाँ नेतृत्व
गैंडाकोट । पारिजात टोल बिकास गैँडाकोट ५ को चौथो अधिवेशनले भुपेन्द्र कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केशव भट्टराई ,सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा ऋषिराम  सापकोटा रहनुभएको छ । त्यसैगरी सहसचिवमा सरस्वती अधिकारी र सहकोषाध्यक्षमा तारा शर्मा निर्बिरोध निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्य समितिका सदस्यहरमा  सिता गुरुङ,पार्वती शाही , लक्ष्मी पाण्डे लगायत रहनु भएको छ । साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष  अर्जुन शर्मा पौडेलले संस्थाल...