×

गैंडाकोट । पारिजात टोल बिकास गैँडाकोट ५ को चौथो अधिवेशनले भुपेन्द्र कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केशव भट्टराई ,सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा ऋषिराम  सापकोटा रहनुभएको छ । त्यसैगरी सहसचिवमा सरस्वती अधिकारी र सहकोषाध्यक्षमा तारा शर्मा निर्बिरोध निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्य समितिका सदस्यहरमा  सिता गुरुङ,पार्वती शाही , लक्ष्मी पाण्डे लगायत रहनु भएको छ । साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष  अर्जुन शर्मा पौडेलले संस्थाले गरेका कार्यहरुको विवरण जानकारी गराउनुभएको थियो भने सचिव तथा कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया