गैँडाकोट । आगो ताप्ने क्रममा गैँडाकोटमा एक वृद्धा गम्भिर घाइते भएकी छिन् । गैँडाकोट नगरपालिका वडा नम्बर २ श्रीनगर टोल बस्ने ८० वर्षीया गंगादेबी पौडेल घाइते भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ९ बजे आगो ताप्ने क्रममा शरीरको कपडामा आगो सल्कन जाँदा उनि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । वृद्धाको बाँया हात खुट्टा र कोखमा गरी ३० प्रतिशत जलेको र भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।



उज्यालो खबर




